प्रवासी मञ्च पोल्याण्डको अध्यक्ष देवकोटा र सचिव खतिवडा चयन

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ श्रावण १७, बिहिबार (८ महिना अघि)
  • ६९९ पटक पढिएको
प्रवासी मञ्च पोल्याण्डको अध्यक्ष देवकोटा र सचिव खतिवडा चयन

साउन १७,पोल्याण्ड ।  नेकपा एमालेको प्रवासको संगठन प्रवासी नेपाली मञ्च पोल्याण्डको चौथो अधिवेशनबाट अध्यक्षमा पु:न इश्वर देवकोटा निर्वाचित भएका छन् । पोल्याण्डको राजधानी वार्सामा मञ्चको अन्तराष्ट्रिय कमिटीका सचिव हेम शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले देवकोटाको अध्यक्षतामा ३४ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा अक्षय रिजाल तथा आयुसा केसी, सचिवमा सुवास खतिवडा, उपसचिवमा सुमन थपलिया र दिप्ती मगरलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा जीवनसिंह ठकुरी, अक्कलबहादुर मगर, देवकी कुँवर, रन्जित गुरुङ, एलान श्रेष्ठ, रोशन पराजुली, नारायण गैरे र उज्ज्वल श्रेष्ठ, भेषबहादुर प्याकुरेल, सत्यनारायण चौधरी, दिलिप लिम्बु, जाङ्वो शेर्पा, श्याम गुरुङ, प्रज्वल सुवेदी, सागर देवकोटा, सन्देश श्रेष्ठ, सविना घतामी, जितेन्द्र तामाङ र राजेश शर्मा बॉस्तोला सदस्यमा निर्वाचित भएका छन् ।

सिताराम बि, रामप्रसाद सुवेदी, नारायण वाग्ले, सरोज वस्ती, विशाल कार्की, निराजन आचार्य, सुलभ लामा, शुसिला थापा र फुलमाया तामाङलाई अधिवेशनले सदस्यमा चयन गरेको छ

मञ्चका अन्तर्राष्ट्रिय सल्लाहकार सदस्य बिनोद ज्ञवाली, युरोप कमिटीका इञ्चार्ज भक्त वाग्ले, सचिव शालिकराम थपलिया, युरोप सल्लाहकार अर्जुन गुरुङ, स्पेन अध्यक्ष केदार ढुङ्गना एमाले प्रवासका नेताहरू शिवकुमार बरुवाल, कल्पना त्रिपाठी, गोविन्द पौडेल लगायत पोल्याण्डका विभिन्न संघसंस्थाका प्रतिनिधिले अधिवेशन सफलताको शुभकामना दिएका थिए। अध्यक्ष इश्वर देवकोटाको अध्यक्षता तथा उपाध्यक्ष राम सुवेदीको सञ्चालनमा अधिवेशन भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस