बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ आश्विन १५, मंगलबार (६ महिना अघि)
  • ६१ पटक पढिएको
बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु

असोज १५,काठमाडौँ । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छभने २८ जना बेपत्ता छन् ।

प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए ।

बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस