पत्रकार गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फुलहरु’ को बेल्जियममा बिमोचन

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ आश्विन २२, मंगलबार (६ महिना अघि)
  • ११५ पटक पढिएको
पत्रकार गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फुलहरु’ को बेल्जियममा बिमोचन

असोज २२,बेल्जियम । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फुलहरु’ को आइतबार बेल्जियममा विमोचन गरिएको छ । अन्र्तराष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको विमोचन समारोहमा वेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा लगायतका अतिथीहरुले पुस्तकको बिमोचन गरेका हुन् ।

पुस्तक बिमोचन गर्दै राजदुत राजभण्डारीले विदेशमा बस्ने नेपालीहरुका अनुभबलाई देशका नीति–निर्माताहरुले बुझ्न सकेमा देश बिकासमा ठुलो सहयोग पुग्ने बताए । पुस्तक युरोपका नेपालीहरुको दस्ताबेजको रुपमा रहने भएकाले पनि ईतिहास बन्ने उनको धारणा रहेको थियो । पुस्तक मार्फत विदेशमा रहने नेपालीहरुको प्रतिनिधि भोगाइ अनि सत्य कथाबाट युवा पुस्तालाई सकारात्मक उर्जा प्रदान गर्ने विश्वास उनले व्यक्त गरे ।राजदुत राजभण्डारीले प्रवास बसाइका अनुभब,संघर्ष र सफलताका साथै नेपाली भाषा कला साहित्य, सस्कृती र नेपाली मौलिक पहिचानलाई उनिहरुले कसरी विश्वसामु फैलाई रहेकाछन भन्ने बिषय लिपिबद्ध गरि पुस्तक प्रकाशन गरेकोमा लेखक गौतमलाई धन्यवादसहित शुभकामना व्यक्त गरे । प्रवासका फुलहरु बारे बोल्दै लेखक गौतमले मुलुक बाहिर रहेका मुलुकका असल छोराछोरीका जिवन्त कथा लेखिएको बताए । करिब डेढ बर्षको अन्तरालमा पुस्तक तयार गरेर विदेशी भुमिमा विमोचन गर्ने अबसर पाएकोमा अनेसास प्रति आभार ब्यक्त गरे। पुस्तकमा युरोपमा रहेका ३९ जना नेपालीहरुको बाल्यकाल,शैक्षिक अबस्था,राजनीति ,परिबारिक अबस्था,बैदेशिक संघर्ष लगाएतका वास्तविक कथा समाबेश गरिएको बताए ।

यस्तै एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले बिदेशमा बसोबास गरिरहेका नेपालीहरुले धेरै चुनौतिका बिचमा पनि नेपाली पहिचानलाई निरन्तरता दिने र यसको प्रचार प्रसारका लागि लेखक गौतमले उदाहरणीय काम गरेकोमा धन्यवाद ब्यक्त गरिन् । उनले सबैका आ–आफ्नै भोगाई हुन्छन, ति कुराहरुलाई आफ्नो पुस्तासामु जानकारी दिलाउन पुस्तकले भूमिका खेल्ने बताइन् ।

नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले सुन्दर भविश्यको कल्पना गरेर देश छोडेका युरोपका नेपालीहरुका सत्य कथाहरु संकलन गरेकोमा पत्रकार गौतमप्रती आभार प्रकट गरे । आफ्नो जन्मभुमी छोडेर फरक भुगोल संस्कार र संस्कृतिमा आफुलाई स्थापित गर्न नेपालीहरुले युरोपमा गरेका संघर्षका कथाहरु प्रेरणादायी बन्ने उनले बताए ।

कार्यक्रममा अन्तरराष्ट्रीय नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष डिल्ली अंमाईले पुस्तकमाथि टिप्पणी गर्दै यस्ले यसले युरोप भित्रका अधिकतम देशका बिभिन्न पेशा वा सेवामा कार्यरत नेपाली प्रतिनिधिहरुसँग प्रत्यक्ष संवाद गरेर पुस्तक प्रकाशन गरेकोमा पत्रकार गौतमलाई धन्यवाद दिए । पुस्तक अभिलेखका रुपमा रहने भएकाले यसको महत्व उच्च्तम हुने उनले बताए ।

कार्यक्रममा अनेसास बेल्जियमका महासचिव गोपाल दाहालले पुस्तक माथि टिप्पणी गर्दै निकै संघर्ष गरेर तयार गरिएको पुस्तकले आम नेपालीको कथा बोल्ने बताए ।

दुई सय अठासी पेज रहेको पुस्तकको टिप्पणी गर्दै दाहालले अन्तर्वातामा आधारित भएर पुस्तक प्रकाशन भएको बताए ।

यस्तै अनेसास बेल्जियम अध्यक्ष सौरभ कारन्जितले प्रवासका नेपालीहरुको संघर्षको अन्तरकथा तयार पारी बिमोचनका लागि अनेसासलाई अबसर दिएकोमा धन्यवाद व्यक्त गरे । युरोपमा नेपालीहरुका दिव्य आशा, उन्मुक्त मनोभाब, उत्तेजना, सफलता–असफलताका कथा र संकल्पहरु समाबेश गरिएको प्रवासका फुलहरु पुस्तक कलात्मक कृतिका रुपमा रहने बताए ।

कार्यक्रममा एनआरएनए आइसीसी सदस्य मदन दवाडी, हरी भट्टराई, उपाध्यक्ष कासी दनै, ओएनएफ बेल्जियमका अध्यक्ष बिनोद न्यौपाने, जन सम्पर्क समिति बेल्जियमका उपसभापती बिराट जोशी लगायतले कृति सफलताको शुभकामना ब्यक्त गरे । पुस्तकमा लेखक संघ केन्द्रिय सदस्य हयगृब आचार्यको भाषा सम्पादन,कवि लेखक सम्प्रस पौडेलको कथा सम्पादन,श्रीराम दाहाल र बिना देवकोटाको श्रुति लेखन रहेको छ भने पुस्तकको प्रकाशन,लेआउट डिजाइन आकृति कृयसन राम अबिकास र वितरकमा किताब घर हेटौंडाका छवि अनित्यको रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस