नेपाल टेलिकमले ‘एमपिओएस’ रिचार्जमा बोनस उपलब्ध गरायाे

  • अनलाइन केन्द्र
  • / इन्स्योरेन्स /
  • २०८१ मंसिर २०, बिहिबार (४ महिना अघि)
  • ६९ पटक पढिएको
नेपाल टेलिकमले ‘एमपिओएस’ रिचार्जमा बोनस उपलब्ध गरायाे

मंसिर २०, काठमाण्डौँ ।  नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्ज कार्डको अतिरिक्त अन्य विभिन्न वैकल्पिक उपायहरु अपनाउन सकिन्छ । यसका लागि विभिन्न दरका रिचार्ज कार्डका साथै Mobile Point Of Sale (MPOS) र Namaste pay, eSewa, Khalti, IMEPay  लगायतका डिजिटल वालेटहरु विकल्पको रुपमा रहेका छन् ।

कम्पनीले हिजो ९२०८१ मङ्सिर १८० देखि आगामी पौष १७ गते सम्मका लागि MPOS रिचार्जमा देहाय बमोजिम बोनस समेत उपलब्ध गराएको छ ।

ग्राहकवर्गले सहजरुपमा कम्पनीका सेवाहरु मार्फत परिवारजन तथा मित्रवर्गसँग सञ्चार सम्पर्कमा रहिरहन सहज होस् भन्ने उद्देश्यले विभिन्न विद्युतीय माध्यमबाट टपअप गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ ।

यसका साथै सहज तवरले अविछिन्न रुपमा सञ्चार सेवा उपभोग गर्न ब्यालेन्स सकिएको अवस्थामा समेत प्रिपेड मोबाइल प्रयोगकर्ताहरुको लागि नमस्ते सापटीको सुबिधा कम्पनीले उपलब्ध गराएको छ । प्रिपेड मोबाइल प्रयोगकर्ताहले Start टाइप गरी १४७७ मा सन्देश पठाएर अथवा *1477# डायल गरी 1 छनौट गरेर सापटी लिन सक्नेछन् ।

S.N.

Upon Recharge of Rupees

Bonus (Resource)

1 50-99 20 Min On-Net Voice for 3 days
2 100-199 50 Min On-Net Voice for 3 days
3 200-499 2 GB (Per day 1 GB for 2 days)
4 500 & above 8GB (Per Day 2GB for 4 days)

 

ताजा अपडेट

खोजी गर्नुहोस