माघ ७,काठमाडौँ । नेपाली वाणिज्य बैंकहरुको खराब कर्जा (एनपिएल) ह्वात्तै बढेको छ । खराब कर्जा चुलिँदा बैंकहरुको वित्तीय स्वास्थ्यमा चिन्ता सुरु भएको छ।
आज सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार २० वटा वाणिज्य बैंकहरुको औसत खराब कर्जा (एनपीएल) बढेर ३.८७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष औसत खराब कर्जा ३.०२ प्रतिशत थियो। अघिल्लो वर्षको तुलनामा बैंकहरुको खराब कर्जा २८.१५ प्रतिशतले बढेको छ।
बैंकहरुको खराब कर्जा ७ प्रतिशत नजिकसम्म पुगेको छ। चालु आर्थिक वर्षको पुससम्म कुमारी बैंकको सबैभन्दा धेरै खराब कर्जा देखिएको छ। यो बैंकको खराब कर्जा ६.९६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खराब कर्जा ४.९७ प्रतिशत थियो।
दोस्रो धेरै खराब कर्जा लक्ष्मी सनराइज बैंकको थियो। अघिल्लो वर्ष पुससम्म ४.६७ प्रतिशत रहेकोमा समीक्षा अवधिसम्म बढेर ५.६७ प्रतिशत पुगेको छ।
तेस्रोमा प्रभु बैंकको धेरै खराब कर्जा रहेको छ। समीक्षा अवधिसम्म प्रभु बैंकको ५.०६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खराब कर्जा ४.९० प्रतिशत थियो।
चालु आर्थिक वर्षको पुसम्म ९ वटा बैंकको खराब कर्जा ४ प्रतिशत माथि रहेको छ भने २ वटा ३ प्रतिशतभन्दा माथि रहेको छ।
यसैगरी ५ वटा बैंकको खराब कर्जा १ प्रतिशतभन्दा माथि रहेको छ। सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको रहेको छ। यो बैंकको ०।६६ प्रतिशत मात्र खराब कर्जा रहेको छ।
मसिंर मसान्तसम्म कुन बैँकको एनपिएल कति ?
कुमारी बैँक————————–६.९६
लक्ष्मी सनराइज बैँक——— ——–५.६७
प्रभु बैँक—————————– ५.०६
नेपाल बैँक————————— ४.९९
हिमालयन बैँक———————– ४.९८
राष्ट्रिय बाणिज्य बैँक——————- ४.९६
प्राइम कर्मसियल बैँक——————४.९६
कृषि बिकास बैँक———————-४.९०
ग्लोबल आइएमई बैँक——————४.८६
सिटिजन्स बैँक————————-४.८५
माछापुच्छ्रे बैँक———————— ४.५४
सिदार्थ बैँक—————————-४.५०
एनएमबी बैँक————————–३.९६
नेपाल एसबीआई बैँक——————३.५५
स्टयाण्र्डड चार्टड बैँक—————– १.७१
नबिल बैँक—————————– १.७०
नेपाल इन्भेष्टमेन्ट मेगा बैँक————– १.६७
सानिमा बैँक —————————-१.५१
एनआइसी एशिया बैँक ——————१.४७
एभरेष्ट बैँक —————————–०.६६
उहाँ राज ढुंगाना अनलाइन केन्द्र डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |