काठमाडौं महानगरकी उपप्रमुख डंगोल बेल्जियन प्रस्थान

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ चैत्र २३, शनिबार (२ हप्ता अघि)
  • १३२ पटक पढिएको
काठमाडौं महानगरकी उपप्रमुख डंगोल बेल्जियन प्रस्थान

चैत्र २३,काठमाडौँ । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियन प्रस्थान गरेकी छिन् ।

युनियनका दक्षिण एशियाली क्षेत्र हेर्ने विज्ञ र अधिकारीहरूसँग उनले अन्तर्राष्ट्रिय सहयोग, समन्वय र साझेदारीका अभ्याससँग सम्बन्धित विषयमा बैठक गर्ने बताइएको छ ।

त्यहाँ हुने बैठक, छलफल, भेटघाट र अवलोकन भ्रमणमा सहरी विकास, विधायिकी र न्यायिक अभ्यास, स्थानीय शासन सम्बन्धी विषयमा अनुभव आदनप्रदानको कार्यक्रम रहेको बताइएको छ ।

यसैगरी संसद् सञ्चालन र विधायिकी अभ्यासका विषयमा संसद सदस्यहरूसँग पनि उनको छलफल हुनेछ । लक्जेम्बर्गमा स्थानीय न्यायिक अभ्यास, इजलास, मेलमिलाप र वैकल्पिक विवाद समाधान ९अल्टरनेटिभ डिस्प्युट रिजोलेसन — ए। डि। आर।० को अभ्यास अवलोकन गर्ने कार्य तालिका रहेको महानगरपालिकाले जनाएको छ ।

सो क्रममा उनले काठमाडौँ महानगरपालिकाका सम्भावना र असल अभ्यासका विषयमा जानकारी गराउने कार्यक्रम रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस