न्यायाधीश नियुक्त गर्न न्याय परिषद् बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख ८, सोमबार (८ घण्टा अघि)
  • ५४ पटक पढिएको
न्यायाधीश नियुक्त गर्न न्याय परिषद् बैठक बस्दै

काठमाडौँ । न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक बस्दैछ । आइतबार सहमति नजुटेपछि सोमबार बैठक बस्न लागेको हो ।

परिषद्का एक सदस्यका अनुसार आइतबार नै न्यायाधीश नियुक्ति गर्ने गरी छलफल भए पनि सहमति जुट्न सकेन । आइतबार अपराह्न ५ बजेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठक करिब दुई घण्टा बसेर निर्णय नभई टुंगिएको हो ।

नेपाल बार एसोसियसनमा नयाँ नेतृत्व आएसँगै न्यायाधीश नियुक्तिका लागि प्रधानन्यायाधीश सक्रिय भएका हुन् । हाल देशभर जिल्ला, उच्च र सर्वोच्च अदालतमा ३३ न्यायाधीश रिक्त छन् ।

प्रधानन्यायाधीश राउत अध्यक्ष रहेको परिषदमा सदस्यहरू कानूनमन्त्री अजयकुमार चौरासिया, वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधान र वरिष्ठ अधिवक्ताहरू रामप्रसाद भण्डारी, दामोदर खड्का तथा सदस्यसचिव यमबहादुर बुढा मगर छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस