काठमाडौँ । मन्त्रिपरिषद् बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा १५ सदस्यीय सुशासन आयोग गठन गरिएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।
निजी क्षेत्रको समेत प्रतिनिधित्व रहने आयोगमा निजी क्षेत्रसहित गृह मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लोक सेवा आयोग, योजना आयोगलगायत निकायका अधिकारीहरू सदस्य रहनेछन् ।
यस्तै बैठकमा शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाबारे छलफलै नभएको बैठकमा सहभागी मन्त्रीले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा दिएकी मन्त्री भट्टराई भने बैठकमा सहभागी भइनन् । शिक्षकहरुको आन्दोलनका कारण दोहोरो चेपुवामा पर्नुभएकी भट्टराईले राजीनामापत्रमा स्वास्थ्यको कारण लेखेकी छिन् ।
चैत २८ गते नेपाल शिक्षक महासंघका प्रतिनिधिलाई भेटेकी मन्त्री भट्टराईलेसहमतिका लागि ७ बुँदे प्रस्ताव तयार पारेका थिरेकी थिइन् । ती प्रस्तावमाथि भने छलफल भएको छ ।