शिक्षामन्त्रीको राजीनामाको दोष दिएर आफूलाई घेराबन्दी गर्न खोजे : प्रधानमन्त्री

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख ९, मंगलबार (४ घण्टा अघि)
  • ५६ पटक पढिएको
शिक्षामन्त्रीको राजीनामाको दोष दिएर आफूलाई घेराबन्दी गर्न खोजे : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्री विद्या भट्टराईले स्वास्थ्यका कारण राजीनामा दिएको प्रष्टीकरण दिएका छन् ।

पार्टी स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मन्त्रीको राजीनामालाई लिएर अनावश्यक प्रचार गरी आफूलाई दोष दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘एक जना मन्त्रीले राजीनामा दिनुभयो । किन दिनुभयो भन्दा प्रधानमन्त्रीले बसिखान दिएन रे । मैले सक्दो सहयोग गरिरहेको छु । ओलीले भने, ‘अस्ति अप्रेशन गर्नुभयो । स्वास्थ्य अलि ठिक भएन । शिक्षा मन्त्रालय धेरै ठूलो मन्त्रालय छ, काम गर्न सजिलो छैन । त्यही भएर उहाँले स्वास्थ्यको कारण देखाएर राजीनामा गर्नुभएको हो ।’

उनले सबै सञ्चारमाध्यम आफूविरुद्द योजनाबद्ध रुपमा खनिएको बताए । सबै मिडियाको हेडलाइन आफ्नो विरुद्ध आउने गरेको ओलीको आरोप छ । केहीले आफ्नो राजीनामा आउनुपर्ने भनेको भन्दै ओलीले त्यसका लागि १५ महिना पर्खन सुझाव दिए ।

प्रधानमन्त्री ओलीले राष्ट्रको पक्षमा राम्रा काम गर्नेहरुलाई घेराबन्दी गरिएको दावी पनि गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस