काठमाडौं । डोटीमा मिनी ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सुपप्र ०१००१ ख ३४२८ नम्बरको मिनी ट्रक भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका-१ गोल्डेनमा बुधबार बिहान दुर्घटना भएको हो ।
मृत्यु हुनेमा ट्रक चालक बझाङको बुङ्गल नगरपालिका–२, दहबगरका अर्जुन धामी लगायत छन् । मृतक अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी बिनोद शर्माले जानकारी दिए ।
मिनी ट्रक खाद्यान्न बोकेर धनगढीबाट बझाङतर्फ गइरहेको थियो ।