शिक्षामन्त्रीसँग भेट नगरी शिक्षकहरु सिंहदरबार गेटबाटै फर्किए

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख १२, शुक्रबार (४ घण्टा अघि)
  • ६० पटक पढिएको
शिक्षामन्त्रीसँग भेट नगरी शिक्षकहरु सिंहदरबार गेटबाटै फर्किए

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तसँग भेटघाटका लागि सिंहदबार गएको नेपाल शिक्षक महासंघको टोली मन्त्रालय प्रवेश नगरी फर्किएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक गरेको २५ सदस्यीय नामावलीमा आपत्ती जनाउँदै शिक्षक महासङ्घको टोली मन्त्रीलाई नभेटेरै फर्कीएको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले मन्त्री पन्तसँग औपचारिक भेटका लागि जान लागेको तर विशेष कारणबस फर्किएको बताए । वार्ता टोलीको नाम आफूहरूले बनाउन पाउनुपर्ने अधिकार भए पनि मन्त्रालय आफैँले नाम तोकेपछि वार्ताका लागि नगएको राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष कुमुदकुमार सिंह जानकारी दिए ।

शिक्षा मन्त्री पन्त र शिक्षा मन्त्रालयका सचिव डा.दीपक काफ्लेले आज एकै ब्यहोराका छुट्टाछुट्टै विज्ञप्ति जारी गरी बार्तामा बोलाएका थिए । त्यसको केही घण्टामै बार्तामा बस्न तयार भएका शिक्षकहरू मन्त्रालयले सार्वजनिक गरेको नामावलीमा असन्तुष्ट देखिएको छ ।

सरकारले वार्ताका लागि आव्हान गरेपछि महासंघले बार्ता टोली बनाएको थियो । चैत २० गतेदेखि विद्यालय शिक्षा विधेयक तत्काल जारी गर्नुपर्ने माग राख्दै काठमाडौं केन्द्रित आन्दोलनमा होमिएका शिक्षकहरूको  आन्दोलन आज २४ औँ दिनमा पुगेको छ । शिक्षकहरु सरकारसँग वार्तामा पटकपटक बसे पनि वार्ता सफल हुनसकेको छैन ।

यसअघि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै शिक्षामन्त्री पन्तले संविधान, कानून र देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताए । लचिलो भएर वार्तामा आउन शिक्षकहरुलाई आह्वान गरेका उनले तीन दिन भित्र शिक्षकलाई कार्यक्षेत्रमा फर्काउने बातावरण बनाउन भनेको सर्वोच्चको आदेश हेरेर मात्र त्यसबारे धारणा राख्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस