संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसुचि

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख १४, आईतबार (९ घण्टा अघि)
  • ७२ पटक पढिएको
संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसुचि

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेलाई बोलाइएको छ ।

बैठकमा भन्सार विधेयक सम्बन्धी अर्थ समितिको प्रतिवेदन र केहि नेपाललाई ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन पेश हुनेछन् ।

यस्तै बैठकमा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गनेछन् । कानुनमन्त्री अजय कुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद दोस्रो संशोधन विधेयक २०८१ लाई दफावार छलफलका लागि सम्बन्धीत समितिमा पठाइयोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसुचि छ ।

अर्थमन्त्री विष्णु पौडेलले बंैकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि बिचार गरियोस भन्ने प्रस्तुत गर्ने कार्यसुचि छ ।

राष्ट्रियसभाको बैठक भने दिउँसो सवा १ बजे बस्नेत तय भएको छ । बैठकमा संवैधानिक परिषद/काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक टेबुल गर्नुका साथै पर्यटन विधेयक २०८१ पेश गर्ने कार्यसुचि रहेको संसद सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस