शिक्षकले आन्दोलन अझै चर्काउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख १४, आईतबार (९ घण्टा अघि)
  • ७८ पटक पढिएको
शिक्षकले आन्दोलन अझै चर्काउने

काठमाडौं । सडक आन्दोलनमा रहेका शिक्षकहरुले आज २६ औं दिन पनि आन्दोलन जारी राख्ने भएका छन् । सरकारसंग आफुहरुको माग सम्बन्धमा छलफल चलिरहेपनि निष्कर्ष उन्मुख नरहेको भन्दै नेपाल शिक्षक महासंघले आज पनि आन्दोलनमा बलियो उपस्थिती जनाउन अनुरोध गरेको हो ।

महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकहरुलाई अझै सशक्त भएर आन्दोलनमा सहभागी हुन् अनुरोध गरेका छन् । ‘राज्य पक्षसँग अनौपचारिक छलफल चलिरहेका छन् तर अझै ती निष्कर्ष उन्मुख हुन सकेका छैनन् । त्यसैले अन्तिम धक्का दिन सडक प्रदर्शन अझै बलियो हुन आवश्यक छ ।’ उनले भने ।

लामो समय सार्वजनिक शिक्षा प्रभावित भए पनि वास्ता नगरेको सरकारले सर्वोच्च अदालतले तीन दिनभित्र कार्यक्षेत्र पठाउन आदेश दिएपछि वार्तामा बस्न थालेको छ । हिजो भएको वार्तामा छलफललाई निरन्तरता दिने सहमति भएको महासंघका अध्यक्ष सुवेदीले जानकारी दिए ।

यता, स्थानीय तहहरुले विद्यालय आउन चेतावनी दिन थालेपछि शिक्षकहरु झस्किएका छन् । संघका अध्यक्ष सुवेदीले आन्दोलनमा सहभागी भएका शिक्षक र विद्यालय कर्मचारीलाई धम्की, सरुवा र राजीनामाको दबाब दिने काम नगर्न स्थानीय तहहरुलाई आग्रह गर्दै यसबाट विचलित नहुन आह्वान गरेका छन् । गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–मैत्री विद्यालय शिक्षा ऐन ल्याउन दबाब दिन सुरु गरिएको आन्दोलन अहिले निर्णायक चरणमा पुगेको महासंघको दाबी छ ।

गत चैत्र २० गतेदेखि शिक्षकहरुले नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग गर्दै आन्दोलित छन् । शिक्षकहरुको आन्दोलनले नयाँ भर्ना अभियान, कक्षा १२ को परिक्षा तथा पठनपाठन प्रभावित भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस