नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप, महासंघको भर्त्सना

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख १४, आईतबार (९ घण्टा अघि)
  • ४८ पटक पढिएको
नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप, महासंघको भर्त्सना

काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ । झाडपको क्रममा ३६ जना शिक्षक घाइते भएका छन् ।

बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुले निषेधित क्षेत्र तोडन् खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहोरा समेत हानेको थियो ।

आन्दोलनको क्रममा घाइते भएका शिक्षकलाई उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ । घाइते दुई जनालाई भने ट्रमा सेन्टर लगिएको शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले जनाकारी दिए । झडपमा कति जना घाइते भन्ने यकिन विवरण आइनसकेको उनले बताए ।

प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाएको छ । बैठक आज दिउँसो तीन बजे बानेश्वरमा रहेको रत्नराज्य माविमा बस्ने गरी बोलाइएको छ । बैठकमा महासंघका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, आन्दोलन परिचालन समितिका पदाधिकारीहरूलाई बोलाएको छ ।

बैठकमा आज भएको घटना तथा समग्र आन्दोलनका विषयमा छलफल हुने महासचिव तुलाबहादुर थापाले जानकारी दिए । उनले प्रहरीले फोहोरा प्रयोग गरेको कार्यप्रति घोर भर्त्सना गर्ने बताए ।

शिक्षकहरु आज २६ औं दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राख्ने राखेका छन् । गत चैत्र २० गतेदेखि शिक्षकहरुले नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग गर्दै आन्दोलित छन् । शिक्षकहरुको आन्दोलनले नयाँ भर्ना अभियान, कक्षा १२ को परिक्षा तथा पठनपाठन प्रभावित भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस