चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख १५, सोमबार (७ घण्टा अघि)
  • ६८ पटक पढिएको
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव छ ।

हाल देशभर आंशिक देखि साधारणतया बदली छ । अहिले बागमती प्रदेशका केही स्थान तथा कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी एकदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना छ । लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना छ।

आन राति कोशी , मधेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस