प्रनिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले वार्षिक प्रतिवेदन पेश गर्ने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख १५, सोमबार (८ घण्टा अघि)
  • ५८ पटक पढिएको
प्रनिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले वार्षिक प्रतिवेदन पेश गर्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा चारवटा कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

सभामुख देवराज घिमिरे प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने पहिलो सम्भावित कार्यसूची छ । यस्तै प्रधानमन्त्री केपीशर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१ पेश गर्नेछन् ।

व्यवस्थापन कार्यअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उनले नै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने पनि कार्यसूची छ ।

ताजा अपडेट

खोजी गर्नुहोस