शिक्षक आन्दोलनबारे सर्वोच्चलाई शिक्षा मन्त्रालयले पठायो जवाफ

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख १५, सोमबार (३ घण्टा अघि)
  • ७८ पटक पढिएको
शिक्षक आन्दोलनबारे सर्वोच्चलाई शिक्षा मन्त्रालयले पठायो जवाफ

बैशाख १५, काठमाडौं । सरकारले सर्वोच्च अदालतलाई सोमबार शिक्षकहरुको आन्दोलनबारे जवाफ पठाएको छ । सर्वोच्चले गत बिहीबार शिक्षकहरूका जायज माग तीन दिनभित्र सम्बोधन गरी पठनपाठनमा फर्काउने वातावरण बनाउन सरकारका नाममा आदेश दिएको थियो ।

तीन दिनको समयसिमा पाएको सरकारले एक दिन ढिला गरी आज चार दिनपछि जवाफ पठाएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिव कुमार सापकोटाले जानकारी दिए । अहिले पनि शिक्षामन्त्रालयमा प्रतिनिधि र शिक्षकमहासंघबीच संवाद चलिरहेकाले अबको एक–दुई दिन भित्र शिक्षकहरुको आन्दोलन टुंगिने बताए ।

मन्त्रालयका अनुसार शिक्षामन्त्री रघुजी पन्तका तर्फबाट भएका प्रयास, निवर्तमान मन्त्री विद्या भट्टराईले गरेको प्रयास, महासंघसँग भएका औपचारिक र अनौपचारिक छलफल, प्रेस विज्ञप्ति, भएका संवादहरुको प्रगति र छिट्टै वार्ता गरेर विद्यालय खोल्ने प्रक्रिया अघि बढाउनेगरी प्रतिवेदन पत्र पठाएको हो ।

शिक्षकहरुको आन्दोलन आज २७ औँ दिनमा पुगेको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले हजाँरौ शिक्षकहरु घाईते हुन तयार रहेको बताउँदै शिक्षा ऐन जारी नभएसम्म सडकबाट पछि नहट्ने अडान दोहोर्याएका छन् । हिजो आन्दोलनले उग्ररुप लिन खोजेपछि प्रहरीसंग झडप हुँदा केहि शिक्षकहरुसमेत घाईते भएका थिए ।

२० चैतदेखि महासंघ नेतृत्वमा शिक्षकहरूले नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग गर्दै आन्दोलनलाई जारी राखेका छन् । शिक्षक आन्दोलनका कारण एसईईको उत्तर पुस्तिका परीक्षण, भर्ना अभियान तथा कक्षा १२ को परीक्षा प्रभावित भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस