मैत्रीपुर्ण खेलमा अष्ट्रियासँग जर्मनी स्तब्ध !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ जेष्ठ २०, आईतबार (६ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

जे२०,काठमाडौँ । गए राति विश्वकपको मैत्रिपूर्ण खेलमा साविक विश्वकप विजेता अष्ट्रियासँग २–१ ले पराजित हुन पुग्यो । अष्ट्रिया यस पटकको विश्वकपमा छनोट हुन सफल भएको थियो ।

खराब मौसमका कारण खेल केही समय ढिलो सुरु भएको थियो । खेल सुरु हुने बित्तिकै जर्मनीले पकड बनाएको पनि थियो । खेलको एघारौं मिनेटमा अष्ट्रियाका गोलकिपरको गल्तीलाई सदुपयोग गर्दै मेसुट ओजिलले जर्मनीलाई अग्रता दिलाएका थिए ।

तर खेल अगाडी बढ्दै जादाँ जर्मनी केही फितलो देखिंदै गयो । दोस्रो हाफमा घरेलु टोलीका मार्टिन हिन्टरगरले बराबरी गोल गरे भने ६९ औं मिनेटमा अलेसान्डो स्कुप्फले विजयी गोल गर्दै जर्मनीलाई निराश पारे ।

जर्मनीका लागि म्यानुयल नोया ८ महिनापछि खेलमा फर्केका थिए र दुवै गोलमा उनले गर्न सक्ने केही थिएन । त्यस्तै प्रशिक्षक जोकिम लोले म्याट हमेल्स, टोनी क्रुस र थोमस मुलर जस्ता अनुभवी नामलाई यस खेलमा विश्राम दिएका थिए ।

मेक्सिको, स्विडेन र दक्षिण कोरियासँग समूह ‘एफ’ मा रहेको जर्मनीले आफ्नो अन्तिम मैत्रीपूर्ण खेल साउदी अरेबियासँग जुन ८ मा खेल्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस