प्रधानमन्त्री ओलीको आज संसदमा सम्बोधन : चीन भ्रमणबारे संसदलाई जानकारी दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ अषाढ ४, सोमबार (६ साल अघि)
  • ३८ पटक पढिएको
Post Thumbnail

असार ४,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी गराउँदै छन् । अपराह्न ४ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्दै ओलीले चीन भ्रमणबारे जानकारी दिनेछन् ।

ओली मंगलबार जम्बो प्रतिनिधिमण्डलसहित चीनको ६ दिने औपचारिक भ्रमणमा जाँदैछन् । स्रोतका अनुसार भ्रमण टोलीमा एक सयभन्दा बढी सदस्य रहनेछन् ।

ओलीले चीन भ्रमणका एजेण्डा र नेपालको तयारीबारे संसदमा जानकारी गराउने छन् । चीनसँग ऊर्जा, कृषि, रेलवे लगायतका क्षेत्रमा सम्झौता गर्ने नेपालको तयारी छ ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणको विषयमा आइतबार पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श पनि गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस