साउन १०,धादिङ । सिद्धलेक गाउँपालिका परेवाटारमा युवा संघ नेपाल र वाइएलको संयुक्त आयोजनामा आज धान रोपाइँ महोत्सव सम्पन्न भएको छ ।
युवा संघका अध्यक्ष रमेश पौडेलले कार्यक्रम उद्घाटन गर्दै गाउँमा कृषक नभएको र सरकारले आर्थिक समृद्धिको कुरा अगाडि ल्याएकाले जनताको आर्थिक समृद्धिका लागि देशभर रोपाइँ महोत्सव गर्दै जनताको काम गरिएको बताए ।
देशभर छ हजार रोपनीमा खेत रोपाइँ गरेर युवा विद्यार्थीले ‘जनताको घरमा युवा’ भन्ने अभियान नै चलाउनुपर्नेमा जोड दिनुभयो । सिद्धलेक, गजुरी, बेनिघाट रोराङ र गल्छी गाउँपालिका अध्यक्ष एवं उपाध्यक्षले समेत स्वयंसेवा गरेका थिए