असोज ४,काठमाडौँ । राष्ट्रिय टिमको पूर्व कप्तान अनिल गुरुङ थ्रीस्टारमा आबद्ध भएका छन् ।
यसअघि मनाङ मर्स्याङ्दीबाट लिग तथा मोफसलका प्रतियोगिता खेलेका अनिललाई थ्रीस्टारले नयाँ सिजनका लागि सम्झौता गरेको हो । तर उनको सम्झौता रकम भने खुलाइएको छैन ।
२०६१ मा थ्रीस्टारले ए डिभिजन लिगको उपाधि जित्दा अनिल टिमका महत्वपूर्ण सदस्य थिए । त्यसपछि उनी न्यू रोड टिम एनआरटी हुँदै मनाङ मर्स्याङ्दी क्लब पुगेका थिए ।