नेकपा भातृ संगठनले भन्यो–’अक्षम प्रहरी प्रमुखलाई तत्काल बर्खास्त गरियोस्’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन १८, बिहिबार (६ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

असोज १८,काठमाडौँ । नेकपाको विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी) ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललार्इ बर्खास्त गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लार्इ ज्ञापन पत्र बुझाएको छ ।

बिहीबार दिउँसो गृहमन्त्रालयमा पुगेर प्रतिनिधिसभा सदस्य तथा अखिलकी अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामाङले बिहीबार थापालाई ज्ञापनपत्र बुझाउँदै आईजीपी खनाललार्इ बर्खास्त गर्न माग गरेका हुन् ।

सत्तारूढ दलका दुर्इ भातृ संगठनले जनताको जिउधनको सुरक्षामा सिंगो संरचनालार्इ प्रभावकारी बनाउन असक्षम भएको भन्दै प्रहरी प्रमुखलार्इ तत्काल बर्खास्त गर्न गर्नु पर्ने उल्लेख गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस