पिनले बुझायो ज्ञवालीलाई ज्ञापनपत्र : पुननिर्माणमा खटिएका ईन्जिनियरको सुविधा खोसिएकोमा आक्रोश

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ मंसिर २०, बिहिबार (६ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

मंसिर २०,काठमाडौ । प्रोगेसिभ ईन्जिनियरिङ एशोसिएशन नेपाल (पिन) ले पुन निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीलाई ज्ञापन पत्र बुझाएको छ एशोसिएशनले पुन निर्माणमा खटिएका ईन्जिनियरले दुख पाएको र सामान्य सुविधा समेत नपाईरहेको भन्दै प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।

ईन्जिनियरले खाईपाई आएको सामान्य सुविधा पनि खोसेको भन्दै पिनले यस विषयमा प्राधिकरणलाई ध्यानाकर्षण गराएको हो । पिनको सिङ्गो टिम नै सहभागी कार्यक्रममा उनिहरुले पुननिर्माणको काम रफ्तारमा हुनुपर्ने बताएका छन । ज्ञापनपत्रसंगै पिनले दुईबुँदे माग समेत राखेको छ । सो क्रममा प्राधिकरणका सिईयो ज्ञवालीले ईन्जिनियरको सुविधाका विषयमा आफु गम्भिर रहेको बताएका छन ।

हेर्नुहोस, दुईबुँदे मागसहितको ज्ञापनपत्र

ताजा अपडेट

खोजी गर्नुहोस