इन्भेस्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश दिने, फरवार्ड कम्युनिटीको लाभांश ४५ प्रतिशत

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ मंसिर २४, सोमबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

मंसिर २४,काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत शेयर लाभांश दिने तयारी गरेको हो । बैंकको गत असार मसान्तसम्म कायम रहेको चुक्ता शेयर पूँजी रु १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रहेको छ ।

उक्त चुक्ता शेयर पूँजीको १८ प्रतिशतले हुने रु एक अर्ब ९१ करोड ६२ लाख सात हजार ८२० शेयर लाभांश शेयरधनीलाई वितरण गर्न लागिएको हो । त्यस्तै उक्त चुक्ता पूँजीको २२ प्रतिशत अर्थात् रु दुई अर्ब ३४ करोड २० लाख ३१ हजार ७८० नगद लाभांश वितरण गर्न लागिएको हो ।

फरवार्ड कम्युनिटीको लाभांश ४५ प्रतिशत

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पनि आव २०७४/७५ को नाफाबाट २५ प्रतिशत लाभांश शेयर र २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । गत असार मसान्तसम्म सो कम्पनीको चुक्ता पूँजी रु ३० करोड एक लाख ६५ हजार ७०० कामय भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस