जनता बैँकका सिईओ भन्छन–’हामी स्वस्थ प्रतिस्प्रर्धामा विश्वास गर्छौ, दुर्गम क्षेत्रमा हाम्रो ध्यान कृषिमा छ’

  • अनलाइन केन्द्र
  • / अन्तरवार्ता /
  • २०७५ पौष २३, सोमबार (६ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

बैँकहरुको भिडमा पछिल्लो समय जनता बैँक नेपाल लि.ले आफ्नो व्यापार आक्रामक तरिकाले गरिरहेको छ । मुलुकमा सरकारले लिएको नितिको कारण बैँकहरु एक–आपसमा मर्ज भईरहेका छन । यसैबिच सात वटा बैँक तथा केहि वित्तिय संस्थाहरुसंग मर्ज भएर बनेको जनता बैँकले विभिन्न किसिमका ग्राहक योजनाहरु ल्याईरहेको छ । बैँकका विविधि गतिविधिहरु समेटेर बैँकले ग्रिरहेको व्यवसायिक क्रियाकलाप नेपाली समाजको बैँकसंग पहुँचका साथै बैँकका भावी योजनाका सम्बन्धमा अनलाईन केन्द्रका प्रधान सम्पादक राज ढुंगानाले बैँकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीसंग गरेको कुराकानी ।

अहिलेको समयमा जनता बैँकको अवस्थाका विषयमा बताईदिनुस् न !

हामीले पहिलो चौमासिकको डाटाहरु हेर्नुभयो होला । त्यो हेर्नुभयो भने धेरैकुरा थाहा पाउनुहुन्छ । ‘वि आर डोईङ भेरी वेल’ , राम्रो गरेका छौँ । डिपोजिट पनि बढेको छ । लान पनि बढेको छ । फिगरहरु हेर्नुहोला । म त्यतातिर धेरै जान चाहन्न । तर नाफापनि राम्रो पोस्टिङ भएको छ ।

अघिल्लो बर्षको पहिलो चौमासिकको तुलनामा यो बर्षको नाफा उत्साहजनक भएको छ । डिटियल्स तपाईले हेर्न सक्नुहुन्छ, हाम्रो वेभसाईटमा पनि त्यो कुराको जानकारी रहेको छ । १२९ वटा शाखाहरु रहेको छन । हामी अरु थप १५ वटा शाखाहरु खोल्ने तयारीमा छौँ । सरकारले खोल्ने भनेका सबै ठाँउहरुमा हामीले शाखा खोलिसकेका छौँ ।

केही समस्याका कारण विकट भुभागहरुमा जनता बैँक तोकिएको ठाँउमा जान सकेको थिएन, पछिल्लो समय त्यस ठाँउमा बैँकको उपस्थिती कस्तो छ ?

अहिले चाँही हामीले त्यस्ता ठाँउमा शाखा पुर्याईसकेका छौँ । खासमा असार मसान्तसम्ममा ती विकट ठाँउमा सेवा पुर्याइसक्नुपर्ने थियो तर मौसमको कारण त्यस समय सेवा विस्तार गर्न सकेको थिएनौँ तर अहिले हामीलाई तोकेर पठाइएको ठाँउमा सेवा सुरु गरिसकेका छौँ । ती बाहेक हामी अरु १४/१५ वटा शाखा खोल्न यो बर्षभित्र लागिपरेका छौँ । त्यसका लागि केही ठाँउमा राष्ट्र बैँकको स्विकृती पनि चाहिन्छ । स्विकृतीको लागी राष्ट्र बैँकसंग अनुरोध पनि गरिसकेका छौँ । जहाँ राष्ट्र बैकको स्विकृती चाहिदैन, त्यहाँचाँही बोर्डले निर्णय गरेर काम अघि बढिसकेको छ ।

अब तपाईहरुलाई थाहा छदैछ, अहिलेको जनता बैँक भनेको सात वटा बैँक तथा वितिय संस्थाहरुको कम्युनेशन हो । हामीसंग मर्ज भएको बैँक त्रिवेणी र सिदार्थ हो तर उहाँहरुले पनि जनतासंग मर्ज हुनुभन्दा अगाडी अर्को दुईटा संस्थालाई मर्ज गराउनु भएको थियो । त्यस कारणले ३/३ छ भयो, साविकको जनता समेत गरेर सातवटा भयो । ७४/७५ को विगनिङमा एउटा किसिमको चुनौती नै ( ईक्युटी) ठुलो भएको थियो । दुई अर्ब बाट आठ अर्बको बैँक भएको थियो । साँढे तिन सय स्टाफबाट हजार जना स्टाफ भएको थियो । पैतिस वटा शाखाबाट सयवटा शाखा भएका थिए । त्यो व्यवस्थापन गर्नु ठुलै चुनौतीपुर्ण थियो । त्यो हामीले सही व्यवस्थापन गर्न सफल भयौँ । ति चुनौतीलाई हामीले धेरै पछाडी छोडेर आईसकेका छौँ ।

यति लामो अनुभव छ तपाईको विभिन्न बैँकको सिईयो हुदै बैँकिङ ट्रेनिङ गराउदै अझ वितिय क्षेत्र सुधार कार्यक्रममा समेत तपाईको विज्ञता प्रयोग भएको अवस्थामा जनता बैँक भित्रको शुसासनलाई कसरी कायम गरिरहनुभएको छ ?

यो त तपाईहरुले बजारमा सुन्नु भएको होला । सुशासनको मामलामा हामिहरुको नाम ईज्जतका साथ लिईन्छ भन्ने चाँही मलाई पुर्ण विश्वास लागेको छ । हामी हाम्रो पाँचवटा सरोकारवाला भन्छौँ । पहिलो सरोकारवाला हाम्रा ग्राहक हुन । दोस्रो सरोकारवाला भनेको हाम्रो शेयरधनी हुन । तेस्रो सरोकारवाला भनेको हाम्रो कर्मचारी हो । चौथो भनेको नियमित सरकार हो र पाँचौ सरोकारवाला भनेको हाम्रो समाज हो ।

हामी जहाँ काम गछौँ, त्यहाँ हामलिे केही गनुपर्छ भन्ने हो । जतिपनि हाम्रा क्रियाकलाप छन् सबै सरोकारवालाहरुको हित हुनेगरी हामी काम गछौँ । हाम्रो धर्म पनि त्यही हो । काम गर्ने तरिका पनि त्यही हो । त्यस कारणले सुशासनमा हामिले कम्र्पमाईज्ड गर्ने भन्ने त कुरै आउदैन । यो त हाम्रो वे अफ लाईफ हो ।

अहिले पछिल्लो समय बैँकको तरलताको अवस्थाको बारेमा जानकारी गराईदिनुस् न

हामिहरु कम्र्फटेवल छौँ । त्यस्तो केही समस्या छैन, तर देशकै कुरा गर्ने हो भने अर्थ व्यवस्थामा केही संरचनागत समस्या छन । ती संरचनागत समस्याहरु जवसम्म समाधान हुदैनन् यस्ता खाले समस्याहरु आईरहने छन । त्यस्ता संरचनागत समस्या समाधान गनुपर्छ । यो समाधानको् बाटोमा पनि गईसकेको छ । तर यो क्रेडिट डिमाण्ड हुनु भनेको नराम्रो पनि होईन । क्रेडिट डिमाण्ड हुनु भनेको व्यवसायीले केही गर्न खोज्नु हो ।

केही गर्न खोजेका कारणले डिमाण्ड बढ्नु हो । डिमाण्ड बढेको कारणले गर्दाखेरी यस्तो खालको चुनौतीहरु आउनु आफैमा नराम्रो हैन । कसैले पनि केही नगरिदिएको भए त विगतमा त हुन्थ्यो नी, बजारमा पैसा फालाफाल हुन्थ्यो नि त ! किनभने ईकोनोमीमा केही भएकै थिएन । कसैले लगानी गर्न खोज्दैन्थे । अहिलेचाँही सबैसंग कुरा गर्नुभयो भने कसै न कसैसंग केही न केही बिजनेश प्लानहरु छ । यो राम्रो पक्ष हो ।

पछिल्लो समय बैँकहरुसंग लगानी गर्न योग्य रकम भएन भन्ने समाचार हरु आए । जनता बैँकको अवस्थाचाँही के हो ?

हामी कम्र्फटेवलमा छौँ, मैले भनिहाँले नी कम्र्फटेवलमा छौँ । हामी कहिल्यैपनि सि डी रेसियो, लिक्युटेड रेसियो अहिले सम्म हामीले कहिल्यै पनि ब्रिच गरेका छैनौ । तपाईहरुले हाम्रो डाटाहरु प्नि हेरिराख्नु भएको होला । हामीले रिलिज पनि गरिरहेका हुन्छौँ । अहिलेसम्म ब्रिच गरेका छैनौ । हामी ब्रिच गर्दा पनि गर्दैनौ । ‘वि आर माइण्ड फुल अफ द् याट’ बुकहरु म्यानेज गर्नको लागी । जनता बैँकको मात्रै कुरा गर्नुहुन्छ भने हामीले कहिल्यै पनि ब्रिच गरेका छैनौ ।

सरकारले विभिन्न क्षेत्रहरुमा लगानी गर्न उत्साहित गराईरहेको छ । कृषी पर्यटन,भुकम्पपिडितहरुका लागि कर्जा व्यवस्थापनका कुराहरु, अहिले पछिल्लो समय जनता बैँकले विशेषगरी यस क्षेत्रमा कसरी लगानी गरिरहेको छ ?

मलाई लाग्छ, नेपालका २८ वटा बैँकमा कम बैँकहरुले यो उत्पादनमुलक क्षेत्रमा र कृषि क्षेत्रमा लगानी गर्ने देखि लिएर यी सबै टार्गेटहरुमा मिट गर्ने कुराहरु छ । ति कम बैँक भित्र पर्छौ हामी । तपाईहरुले राष्ट्रबैँकसंग डाटा लिएर पनि हेर्न सक्नुहुन्छ । कृषि क्षेत्रमा हाम्रो १० प्रतिशत भन्दा बढी नै लगानी छ, मैले भनिहाँले –हाम्रो १२९ वटा शाखामा काठमाडौमा जम्मा १७ वटा शाखा रहेका छन ।

हामीहरु गाँउ–गाँउमा छौँ । मैले अघि भने–हाम्रो सातवटा बैँक तथा वितिय संस्थाहरुसंग कम्युनेशन हो, त्यसमा ६ वटा वितिय संस्थाहरु कोही ३ जिल्ले कोही १० जिल्ले थिए । हामी गाँउ–गाँउमा जोडिएर काम गर्ने बैकमा पछौँ । नेपाली जनताको बैँक, जनताको बैँक भन्छौँ । बास्तवमा त्यो नै हो । यो सबै हाम्रो फिगरले देखाईरहेको छ । हामीले कृषि क्षेत्रमा लगानी गरेका छौँ, तरकारी खेती,पशुपालन,कृषि सम्बन्धी सहकार्य गरेका सहकारीमा हाम्रो लगानी छ । त्यसकारण हामीले टार्गेट पुर्णरुपले मिट गरेका छौँ । हाम्रोमा समस्या छैन ।

पछिल्लो समय बैँकहरुको मर्जर प्रक्रियाले बैँकलाई कुन स्थितीमा पुर्याएको छ ?

पहिला त दुई अर्वको बैँक भन्नु र आठ अर्वको बैँक भन्नु धेरै नै फरक छ । स्वतः आठ अर्वका बैँक बलियो र विश्वस्निय हुन्छन । दुई अर्वका बैँक सानो बैँक हुन । आठ अर्वका बैँक भन्नु ठुला बैँक हो । ठुला बैँकहरु फेल हुन पनि समय लाग्छ ।

आठ अर्वका बैँकमा आजैबाट मिस म्यानेजमेन्ट सुरु हुन थाल्यो भने त्यो असफल हुन सात आठ बर्ष लाग्छ । सानो संस्था चाँही भल्नोरेवल हुन्छ । कुनै पनि व्यवसायमा यो हुन्छ । चाहे सिमेन्ट कम्पनी भन्नुस्,चाहे अरु भन्नुस् । जो कोही विजनेश ठुलोलाई फेल हुनपनि टाईम लाग्छ । सानोचाँही फेल हुने सम्भावना बढी हुन्छ । ती विजनेश जोखिमयुक्त हुन्छन ।

जनता बैक घर–घरमा पुगेको छ त भन्नुभयो, तर दुर्गमको लागी बैँकले त्यस्तो केही योजना ल्याएको छैन ?

हाम्रो इकोनोमी साँघुरो ईकोनोमी छ । हामी एउटा सेक्टरमा मात्रै लगानी गछौँ भन्न मिल्दैन । हामीले सबै क्षेत्रमा लगानी गरेका छौँ । जस्तो हाईड्रोमा पनि छ ,कृषिमा पनि छ, सिमेन्टमा छ । सबै सेक्टरमा हामी लगानी गरिरहेका छौँ ।

जहाँ सम्म हामीले दुर्गममा शाखा खोलेका छौँ, त्यहाँ लगानी प्रमुखतः कृषि नै हो । कृषि क्षेत्रमा नै हामीले लगानी गरेका छौँ । तर अहिले मार्केट टाईट भएको कारणले गर्दा विज्ञापन डिपोजिटसंग सम्बन्धित चाँही भईरहको हुन्छ । लोन सम्बन्धी टार्गेट विज्ञापन गर्नुपनि छैन । तपाईले मान्छेको लाईन लगाएर पैसा दिन सक्नुभएन भने त्यो राम्रो पनि देखिदैन । त्यसकारण हाम्रो सि डी रेसियोले भ्याएसम्म दुर्गम क्षेत्रमा लगानी गरेरहेको नै छौँ ।

पछिल्लो समय बैँकहरुको ब्याजदरमा आईरहेको उत्तरचढावलाई कसरी बुझ्न सक्छौँ ?

यो स्वभाविकै हो । कुनै चिजमा मुल्य घट्ने/बढ्ने,एकदमै हाई हुने, एकदमै कम हुने स्वभाविकै हो । अहिले किन बैँकहरुको ब्याजदरको कुरा गर्नुहुन्छ ? अहिले हेर्नुस् न ईन्टरनेशनल मार्केटमा तेल कै कुरा गर्नुस न, कती तलमाथी भईरहेको छ ? कुनै जमानामा १५०/१६० डलर प्रतिब्यारेल भएको तेल ४० डलरमा पनि झरेको थियो नी । सो ह्वाई आर यू सिङ्गलिङ आउट नेपाली बैँककोब्याज मात्रै । त्यो हुन्छ ,स्वभाविकै कुरा हो । जव स्पेशल्ली डिमाण्ड बढ्छ, र त्यो अनुसारको सप्लाई हुदैन त्यस्तो खालको फ्रक्च्युसेसन आउछ । जहाँसम्म तपाईले अघि हाम्रो बैँकको १२ प्रतिशतको कुरा गर्नुभयो, जनता बैँकलाई साँच्चै भन्नुहुन्छ भने ६० प्रतिशत विकास बैँक हो । किनभने ६० प्रतिशत उपयोग चै विकास बैक कै छ । र त्यो भनेको हामी विकास बैँकसंग पनि पैतिस्प्रर्धा गर्नुपर्छ, कर्मसियल बैँकसंग पनि हामिले प्रतिस्पर्धा गरिरहेको हुन्छौँ । विकास बैँकले त्यतिखेर १२ प्रतिशत ब्याज दिइरहेका थिए ।

हामिले १२ पतिशत नै दिँयौँ । सो वि आर कम्पेटिभ ! १२ प्रतिशत हामिले मात्रै होईन विकास बैँकले पनि दिएका थिए । हामि पनि ६० प्रतिशत विकास बैँक हो । जनता बैँकले १२ प्रतिशत दिँदा कसैले साँढे १२/१३ प्रतिशत दिन्छ भने उहाँहरुलाई नै सोध्नुस्, त्यो मलाई नसोध्नुस् । जनता बैँकले १२ प्रतिशत दियो हामि पनि १२ प्रतिशत नै दिन्छौँ भन्न पनि सक्नुहुन्थ्यो नी । उसले १२ प्रतिशत दियो हामी १३ दिन्छौँ भन्नु ठिक थियो/थिएन त्यो मलाई थाहा छैन । मेरोचाँही जस्टीफाएबल छ, हामी ६० प्रतिशत विकास बैँक हो, विकास बैँकले ईन्ट्रेस्ट १२ प्रतिशत दिईरहेका थिए, हामीले पनि त्यही अनुरुप १२ प्रतिशत दिएका हौँ ।

यसलाई एक किसिमले भन्दा अस्वस्थ प्रतिश्प्रर्धा भन्न सकियो

मैलेचाँही अस्वस्थ प्रतिस्प्रर्धा गरेको छैन, अरुले गरेका छन भने अरुलाई नै सोध्नुस् । हामीले चाँही गरेका छैनौ । हामिले जुनबेला निकालेका थियौँ लिमिटेड पिरियड (सिमित समय) लाई भनेका थियौँ, त्यती समय नै दिँयौँ ।

किनभने हामीसंग बुक त्यती नै थियो । हाम्रो १२ प्रतिशतमा पैसा उठाएर १५/१६ प्रतिशत ब्याजमा लगानी गर्ने भन्ने उदेश्य पटक्कै छदै थिएन । हामीले १२ प्रतिशत बढाएका कारण ब्याजदर पनि बढाएनौँ । हामि आफैले एड्जर्व गर्यौ ।

तपाईहरु जनता क्यापिटलको सुरु गर्दै हुनुहुन्छ, यसको प्रक्रिया कहाँ पुग्यो ? र यसको उदेश्य बारे बताईदिनुस् न् ।

हाम्रो जनता क्यापिटलको स्विकृती आउनै बाँकी छ । अहिलेसम्म स्विकृती आएको छैन । त्यसका खास उदेश्य ४/५ वटा रहेका छन । हामी २५ करोडको क्यापिटल राखेर काम गर्दैछौ । चारवटा पोर्टफोलियो म्यानेजमेन्ट देखि लिएर सबै पोर्टफोलियो म्यानेजमेन्ट,आईपियो जारी गर्ने लगायतका कामहरु हमिले गर्न पाउछौँ । त्यो लिमिटेड लाईसेन्स होईन फुलफेज लाईसेन्स हो । कम्पनीको उदेश्य अनुसार र धितोपत्र वोर्डले दिने लाईसेन्स अनुसार कम्पनीले गर्न सक्ने काम गर्दै जान्छ ।

तपाई यतिका समय बैँकको अनुभव बटुलिसकेको व्यक्ति, केही बित्तिय क्षेत्रसंग मर्ज भएर यहाँसम्म जनता बैँकलाई ल्याईपुर्याउनु भएको छ, भावी दिनमा जनता बैँकको योजनाको विषयमा पनि बताईदिनुस् न ।

हामीले मर्जरको अप्सन त अहिलेपनि खुल्ला राखेका छौँ, त्यो बन्द त भईसकेको छैन, अन्तराष्ट्रिय टाईअफ गर्ने पनि अप्सन खुल्ला नै राखेको छौँ, जहाँसम्म मर्जरको सवालमा भन्ने हो भने । हामी यो वर्षमा १४/१५ वटा शाखा खोल्छौँ भनेका थियौँ । आउदो दिनमा रेमिट्यान्समा अलि बढी फोकस चाँही हुन्छ । डोमेस्टिक रेमिट्यान्समा त हामिले निकै राम्रो गरेका छौँ । पोहोरको तुलनामा ट्रान्जिक्सन नै डबल भईसकेको छ ।

ईन्टरनेशनल रेमिट्यान्समै चाँही हामिले फोकस गर्दछौँ । आउदा दिनहरुमा हामी डिजिटाईजेशनमा फोकस गर्दैछौँ । मोबाईल ब्याङकिङ देखि लिएर अन्य टेक्नोलोजीमा हेर्दैछौँ । सिङ्गल पेमेन्ट स्विचका कुराहरु प्नि आईरहेका छन । आरटिजिएसका कुराहरु आईरहका छन । त्यसो त कन्ट्रीले पनि काम गर्दैछ । राष्ट्रिय परिचयपत्र बाँड्न सरकारले सुरु गरेको छ । यी सबै चिजहरुको आधार आईसकेपछि डिजिटाईजेशनले पिकअफ गर्छ । हामी त्यसमा लागिरहने छौँ ।

ताजा अपडेट

खोजी गर्नुहोस