प्रस्तावित तीन राजदूतको नाम अनुमोदन !

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७५ माघ ८, मंगलबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

माघ ८, काठमाडौं । संसदको संसदीय सुनुवाई समितिले प्रस्तावित तीन राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । मंगलबारको बैठकमा राजदूतमा सिफारिस तीन जनाको सुनुवाइपछि नाम अनुमोदन भएको हो ।

गत पुस ६ र ९ गते बसेको मन्त्रिपरिषद बैठकले भृगु ढुंगानालाई क्यानडा, मणिप्रसाद भट्टराईलाई स्वीजरल्याण्ड र दुर्गाप्रसाद भण्डारीलाई कुवेतसहित ५ जनालाई राजदुतको रुपमा सिफारिस गरेको थियो ।

तीनै जना राजदूतको नाम संसदीय सुनुवाईमा प्रक्रिया पूरा गरी सर्वसम्मतिले अनुमोदन गरिएको समितिले जनाएकाे छ ।अब उनीहरुलाई सम्बन्धित देशको एग्रिमो आएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।

ताजा अपडेट

खोजी गर्नुहोस