बलात्कारपछि हत्याः ११ वर्षीया बालिकाको शव खोलामा भेटियो

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७५ माघ १४, सोमबार (६ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

माघ १४, विराटनगर । विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको छ । पानीमा डुबाएर हत्या गरिएको अवस्थामा शव विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिकाको सीमास्थित सिंघिया खोलामा फेला परेको हो ।

शव भेटिएको स्थाववरिपरिको बस्ती पातलो छ । खोलामा माछा मार्दै गएकाहरुले बगिरहेको पानीमा निर्वस्त्र अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या गरी फालेको अवस्थामा बालिकाको निर्वस्त्र शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए ।

बालिकाको अनुहार र कानबाट रगत बगिरहेको थियो । शरीरका अन्य अंगमा पनि नीलडाम छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस