माघ १४,काठमाडौँ । पूर्व युवराज पारस शाहलाई हृदयाघात भएको छ ।
हृदयघात भएपछि उनलाई अघि बेलुकी सवा ४ बजे काठमाण्डौको नर्भिक अस्पतलामा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था जटिल रहेको डाक्टरले बताएका छन् ।
‘उनको स्वास्थ्य अवस्था जटिल छ, हामी उपचार गरिरहेका छौँ, स्रोतले भन्यो । छाती धेरै दुखे पछि पूजा पाठका लागि भन्दै बिहान मन्दिर गएका शाह घर फर्किएका पारिवारिक स्रोतले बतायो । उनको उपचार डाक्टर यादबकुमार देव भट्टको नेतृत्वको टोलीले गरिरहेको छ ।