भोली नेपाल टेलिकमका सबै कार्यालय बन्द रहने

  • अनलाइन केन्द्र
  • / प्रवास /
  • २०७५ माघ २१, सोमबार (६ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

माघ २१,काठमाडौँ । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम मंगलवार आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सव मनाउँदै छ ।

जसका कारण मंगलवार (माघ २२ गते) टेलिकमका देशभरका सम्पूर्ण कार्यालयहरु बन्द रहेनछन् । टेलिकमले एक सूचना जारी गरेर मंगलवार आफ्ना सबै कार्यालय बन्द रहने जनाएको छ ।

कार्यालय बन्द रहे पनि रिचार्ज कार्ड, एमपीओएस रिचार्ज सेवा, सिम तथा एसओएपी एक्स–एमएल बिक्री सम्बन्धी कार्यहरु भने यथावत अवस्थामा चालू रहेन टेलिकमले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस