लगानी सम्मेलन- २०७५ : सुरेन्द्र पाण्डे भन्छन-‘लगानीकर्ताहरु भाषणमा हैन, हिसाबमा विश्वास गर्छन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र १५, शुक्रबार (६ साल अघि)
  • ५० पटक पढिएको
Post Thumbnail

ठूलो परिमाणमा विदेशी लगानी जुटाउने उद्देश्यसहित आजदेखि दुईदिने लगानी सम्मेलन काठमाडौंमा सुरु हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा ६ सयभन्दा बढी विदेशी पाहुनाले भाग लिँदै छन् ।

कार्यक्रमका दौरान नेपालले ७७ वटा परियोजनालाई प्रस्तुत गर्ने तयारी गरेको छ । जसमार्फत ३० खर्ब रुपैंयाभन्दा बढी लगानी भित्रिने सरकारले अपेक्षा गरेको छ । यसै सन्दर्भमा अनलाईन केन्द्रका प्रधान सम्पादक राज ढुंगानाले नेकपा स्थायी समिती सदस्य तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसंग कुराकानी गरेका छन । उनको विचार जस्ताको त्यस्तै अडियोसहित सुन्नुहोस् ।

-सुरेन्द्र पाण्डे (पुर्व अर्थमन्त्री,नेकपा स्थायी समिती सदस्य )

सरकारले गर्न लागेको लगानी सम्मेलन एक किसिमको एक्जिब्युसन (प्रदर्शनी) जस्तै भएको बताएका छन । प्रदर्शनीमा कतिपयले सामान बोकेर आउनछन र कतिपयले सामान कस्तो निकाल्दा रहेछन भन्दै हेरेर मात्रै जाने हुन्छन । त्यस कारण सरकारले आफ्नो प्रोजेक्ट त्यहाँ अध्ययन गरेका परिायोजनाको प्रस्ताव गर्दछ । त्यो किन्न कती सकिन्छ ? अथवा त्यो प्रोजेक्टमा लगानी गर्न सक्छु की सक्दैन,त्यसमा लगानीको वातावरण कस्तो छ ? भनेर बुझ्न आउने र साँच्चै लगानी गर्छु भनेर आउने दुई किसिमका मान्छे अहिले आउनेछन ।

केहीमान्छे मात्रैपनि त्यो सम्भावित लगानीकर्ता पहिचान गरेर उनिहरुको विश्वास आर्जन गर्न सकियो भने यो लगानी सम्मेलन सार्थक हुन्छ । होईन भने यो एकप्रकारको प्रचारवाजी मात्रै हुनेछ । त्यसबाट ठोस लगानी नआउन पनि सक्छ । या अहिलेचाँही यो सम्मेलनमा आएका लगानीकर्तालाई फ्लोअफ गरेर सम्भावित लगानीकर्ताको अध्ययन गर्ने र निरन्तर वार्ता गर्ने र निष्कर्षमा जान उनिहरुका चाहनाहरुमा ध्यान दिन बढि ईफोर्ट लगाईयो भने परिणाम आउन सक्छ ।

यो सम्मेलनमा हेर्न आउने र साँच्चिकै लगानी गर्न आउने दुईटै हुन्छन । किन दुईटै हुन्छन भने साँढे ६ सयले सम्मेलनमा सहभागी हुन दर्ता गरेका छन ,१६ ओटा ग्लोवल खालका कम्पनी पनि छ भन्ने मैले सुनेको छु । त्यसोहुँदा यी दुई किसिमका लगानीकर्ताहरु हेर्न पनि आउछन र केही नेपालमा साँच्चिकै सम्भावना छ भनेर लगानी नै गर्ने उदेश्यले आउछन । हामीले हेर्न आउने र खास लगानी गर्न चाहने छुट्याउनपर्छ,सपिङ गर्न आएकासंगै रमाउन थाल्यौँ भने केही परिणाम दिँदैन तर यो चाँही उउटा सन्दर्भ हो जहाँ वास्तविक लगानीकर्ता पनि आएका छन भन्ने अनुमान गरी उनिहरुको पहिचान गर्न सक्नु सफलता हुन्छ ।

उनिहरुको ईच्छा ,रुचीलाई विश्लेषण गरेर ती व्यक्तिलाई बढी प्राथामिकता राख्नपर्छ । हाम्रो त चलन के छ भने भाषण सुने सबै मान्छे आईहाल्छ भन्ने सोच पनि छ,तर त्यसो होईन,लगानीकर्ताहरु त भाषणमा विश्वास गर्दैनन् हिसाबमा विश्वास गर्छन । कहाँबाट कति नाफा हुन्छ भन्ने सोचर आएका हुन्छन् । यी कुराहरु जस्तो,यहाँ लगानीको वातावरण पनि छ, नाफा पनि हुन्छ, कानुनी र अरु कुराको झन्झट पनि छैन, सरलता छ । समस्याको यो तरिकाबाट समाधान गछौँ भन्ने विधि र यहाँबाट नाफा लिएर जान सक्ने अवस्थापनि सुनिश्चत छ भन्ने विश्वास दिलाउन सक्नपर्यो ।

यती गर्न सकयौ भने यो सम्मेलनले सफलता पाउन सक्छन भन्ने मेरो बुझाई छ । यसो गर्न सकिएन भने नेपाल त हिमाल नै हिमाल भएको देश, पर्यटकिय दृष्टिले सम्भावना बोकेको देश, उनिहरुको घुम्ने ईच्छापनि हुनसक्छ, सम्मेलनको नाममा तिर्थाटन भ्रमणमात्रै पनि हुनसक्छ ।

अडियो सुन्न यहाँ क्लिक गर्नुहोस् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस