धुनिवेशी नगरपालिकाले नगर प्रहरी भर्ना गर्ने (हेर्नुस सुचनासहित)

Post Thumbnail

बैशाख १५,धादिङ। धुनिवेशी नगरपालिकाले नगर प्रहरी भर्ना गर्ने भएको छ । नगरपालिकाले एक सुचना जारी गर्दे नगरप्रहरीसहित केही कर्मचारी भर्ना गर्न लागेको हो । नगरपालिकाले अहिले नियुक्त गर्न लागेको कर्मचारी करारमा लिन लागेको हो ।

हेर्नुस सुचना

धुनिवेशी नगरपालिकाको निम्नअनुसारको पदमा देहायको संख्या र योग्यता भएको नगर प्रहरी कर्मचारी करारमा राख्नु पर्ने भएकाले धुनिवेशी नगरपालिकामा करारमा नगर प्रहरी कर्मचारी भर्ना एवं व्यवस्थापनगर्ने सम्बन्धी कार्यविधि २०७५ र धुनिवेशी नगरपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७४ बमोजिम योग्यतापुगेका नेपाली नागरिकहरुले यो सुचना प्रकाशित भएको मितिले १५ (पन्घ्र) दिनभित्र कार्यालय समय भित्र राजस्व तिरेको रसिद सहित दरखास्त दिनहुन सम्वन्धित सवैको लागि यो सुचना प्रकाशन गरिएको छ ।

यसको फाराम, दरखास्त दस्तुर, कार्य–विवरण, पारिश्रमिक, सेवाकाशर्तहरु सहितको विस्तृत विवरण यस कार्यालयबाट वा वेवसाइट http://dhunibeshimun.gov.np/ बाट प्राप्तगर्न सकिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस