असार १,काठमाडौँ । नौ दिने युरोप भ्रमण सकाएर प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बिहान स्वदेश फर्किएका छन् । ओलीसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालगायतले स्वागत गरेका थिए ।
नेकपाका विभिन्न तहका नेता तथा कार्यकर्ता पनि प्रधानमन्त्री ओलीको स्वागतका लागि विभानस्थल पुगेका थिए । युरोप भ्रमणका लागि गत जेठ २५ गते युरोप प्रस्थान गरेका प्रधानमन्त्री ओली आइतबार बिहान कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेका हुन् ।
प्रधानमन्त्री ओलीले विमानस्थलको विशिष्ट कक्षमा सञ्चारकर्मीहरूलाई आफ्नो भ्रमणबारे जानकारी गराएका छन् ।