असार ११,धादिङ । जिल्लाको थाक्रे गाँउपालिका ११ स्थित महेशखोलामा अन्धाधुन्धा सिरिन्ज फ्याँकिएको अवस्थामा भेटिएको छ । खोलाको किनारमा प्रयोग गरेर फालिएको सिरन्ज भेटेपछि स्थानीय त्रसित बनेका हुन । स्थानीयले नजिकैको अस्पताल वा भेटनरीबाट सिरिन्ज फालिएको आशंका गरेका छन । अहिलेसम्म स्थानीय सरकारले यस विषयमा मुख खोलेको छैन ।
प्रयोग गरिएका सिरन्ज खोला किनारमा भेटिनु एकदम दुखद कुरा हो स्थानीय अगुवा रामचन्द्र रुपाखेतीले भने । उनले बालबालिका,महिला र अन्य सर्वसाधारण खोला आसपास जाने हुँदा त्यसले गम्भिर अवस्था ल्याउन सक्ने तर्फ संकेत गरे ।
खोला किनारमा पशु चर्न समेत जाने हुँदा मानविय तथा पक्षींजन्य जोखिम हुन सक्ने रुपाखेतीले बताए । यसबारे जानकारी लिन खोज्दा थाक्रे स्वास्थ चौकीले सिरिन्ज फाल्नु निकै गम्भिर विषय भएको र यसले मानव तथा पशुपक्षींमा गम्भिर समस्या ल्याउन सक्ने बताइएको छ । सिरिन्ज भने आफुले नफालेको स्वास्थ्य चौकी स्रोतले बताएको छ ।