साउन १५, काठमाडौँ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई डाटा शुल्क घटाउन दिएको निर्देशन कार्यान्वयनमा आएको छैन।
प्राधिकरणले एनसेललाई साउन १ गतेदेखि डाटा शुल्क प्रतिएमबीपीएस १ रुपैयाँ घटाउन निर्देशन दिएको थियो।
असार ९ गते बसेको प्राधिकरण सञ्चालक बैठकले एनसेललाई एनसेललाई डाटा शुल्क घटाउसन निर्देशन दिएको हो।
हाल एनसेलको डाटा शुल्क प्रतिएमबीपीएस ३ रुपैयाँ छ।