आन्द्रे गोमेजको गोलीगाँठोमा गम्भीर चोट लाग्याे

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७६ कार्तिक १८, सोमबार (५ साल अघि)
  • ४१ पटक पढिएको
Post Thumbnail

कार्तिक १८, काठमाडौं । एभर्टनका मिडफिल्डर आन्द्रे गोमेजको गोलीगाँठोमा गम्भीर चोट लागेको छ । चोटग्रस्त गोमेज भए, आँसु रोक्नै सकेनन् टोटनह्यामका सन हेङ्ग–मिनले ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको टोटनह्याम र एभर्टनबिचको खेलको दोस्रो हाफमा गोमेज चोटग्रस्त भएका हुन् ।

सनको ट्याकलका कारण गोमेज लडेका हुन् र आफ्नो कारणले विपक्षी टिमका साथी खेलाडी गम्भीर चोटग्रस्त भएपछि सन रोएका हुन् । २६ वर्षका गोमेजलाई सनले पछाडिबाट ट्याकल गरिरहेका थिए ।

सनको ट्याकलका कारण गोमेज मैदानमा नराम्रोसँग लडे । उनको दायाँ गोडाको गोलीगाँठोमा गम्भीर चोट लाग्यो । गोमेज पीडामा थिए । नजिकमा रहेको समर्थक तथा खेलाडीहरु अति दुःखी भए । सनले टाउको समात्दै आँसु झारे ।

गोमेजलाई मैदानबाट सीधै अस्पताल लगिएको थियो । उनको सोमबार शल्यक्रिया हुने सम्भावना छ । उनको गोलीगाँठोको हड्डी फ्याक्चर भएको छ भने डिस्लोकेट पनि भएको डाक्टरले बताएका छन् ।

ट्याकल नियतबस गरिएको थिएन, सन निर्दोष थिए । तर त्यसको प्रभाव अति गम्भीर भएपछि खेलाडी तथा समर्थकको मनसाय बदलियो । रेफ्रीले सनलाई रातो कार्ड दिए ।

गोमेजको चोटले एभर्टन टिम पूरै स्तब्ध भएको छ । यस्तै टोटनह्याममा पनि त्यस्तै अवस्था छ । सन खेल सकिएपछि लगातार रोइरहेको गोलकर्ता डेल अलीले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस