माघेसंक्रान्तिका दिन नुवाकोट तारुकामा जुधाउने गोरु यसरी स्याहार्छन् किसानहरु

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७६ पौष २५, शुक्रबार (५ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

पौष २५, नुवाकोट । नुवाकोट तारुकाका किसान मदन श्रेष्ठ रत्ने गोरुको स्याहारमा ब्यस्त छन् । ठूलो जुरो भएको रत्नेले मैदानमा अरुलाई पछार्नेमा उनी ढुक्क छन् । त्यसैले त अण्डा, तेल, र चामल भिजाएर राम्रो स्याहार गर्छन् मदन, गोरुलाई । आफ्नो गोरुले माघेसक्रान्तिको दिन भिड्दा हार्यो भने उनको मन कम्ता दुख्दैन । त्यसैले मेलाको तयारी अघि किसानहरु गोरुको हेरचाह र जुधाईको पुर्वतयारीमै ब्यस्त हुन्छन् ।

मदनको मात्रै हैन नुवाकोट तारुकाका अधिकाँस किसानहरु जुधाईने गोरुको स्याहारमै ब्यस्त छन् । हरेक बर्ष माघेसँक्रान्तिमा नुवाकोटको तारुकामा मनाईने गोरु जुधाई मेलाको तयारीले गाउँ रँगिएको छ । घर घरमा अजँगका बहर गोरु रहेका छन्, भने टोलटोलमा जितहारको अड्कल बाजी भईरहेको छ । तारुका बेहुली झै सिँगारिएको छ । बाटामा स्वागत गेट बनिसकेका छन् । जुधाईने गोरुको जोडी बनिसकेको छ भने मेला समिती पर्यटन बर्षको स्वागतमा जुर्मुराएको छ । यस बर्ष पर्यटन बर्ष २०२० पनि तारुका बासिमा लागेको देखिन्छ ।

बझाङ्गी राजा जयपृथ्बीबहादुर सिँहको पालादेखि चलिआएको बर्ष जोगाउन किसानहरु मरिमेटेर लागी परेका छन् । मेलालाई पर्यटन बर्षको रुपमा मनाउन स्थानिय तारकेश्वर गाउँपालिका नेपाल पर्यटन बोर्डसमेत लागेको छ । काठमाण्डौाबाट ६५ किलोमिटरको दुरीमा रहेको तारुका मेलाका लागी स्थानियतहले होमस्टेको समेत ब्यबस्था गरेको छ ।


तारुका चन्दनीमा करिव ४० घरमा सुबिधासम्पन्न होमस्टे छ । स्थानियहरुको होटलमा स्थानिय परिकारहरु चाख्न पाईन्छ । मेलामा स्थानिय मगर, झाँकी, तामाङ झााकी, स्थानिय बाल भजन र स्थानिय परिकार समेत राखिने रसुवा नुवाकोट पर्यटन समाजका महासचिव शिब अधिकारीले बताए । यो समाचार कान्तिपुर साप्ताहिकमा बिष्णु तारुकेले लेखेका छन् ।

यो पनि हेर्नुहोस् :

नुवाकोटमा गोरु जुधाई : २३ गते सम्म १० जोडी गोरु संकलन, पुरस्कार केके छन् ?

नुवाकोटको तारुकामा गोरुजुधाइका लागि मेला व्यवस्थापन समिति गठन, बेत्रावतीमा पनि भब्य तयारी

फोटो : फाईल

ताजा अपडेट

खोजी गर्नुहोस