थाक्रेका समाजसेवी हरि बिष्णु रेग्मीको महान् कार्य : शिवरात्रीमा १ सय ४० जनालाई नि:शुल्क साँघा यात्रा

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७६ फागुन १०, शनिबार (५ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

फाल्गुण १०, थाक्रे । समाजसेवी हरि बिष्णु रेग्मीको संयोजकत्वमा धार्मिक टोलीले काभ्रेको साँघा भ्रमण गरेको छ । हिन्दुहरुको पर्ब शिवरात्रीको अबसरमा तय गरिएको धार्मिक मेलामा १ सय ४० जनाभन्दा बढीको सहभागीता रहेको थियो । धादिङको थाक्रे गाउँपालिकामा रहेका बृद्धबृद्धाहरुलाई धार्मिक क्षेत्रको दर्शन गर्ने अबसर जुटाउँदै पर्यटकिय गन्तब्य साँघासम्मको यात्रा तय गरिएको सँयोजक तथा समाजसेवी हरि बिष्णु रेग्मीले बताए ।

समाजसेवी हरि बिष्णु रेग्मीको ब्यक्तिगत खर्चमा गराईएको धार्मिक यात्रामा दुई वटा बसको ब्यबस्था रहेको थियो । शिवरात्रीको अबसरमा बृद्ध बुबा आमाहरुलाई नजिकको तिर्थ यात्रा गराएर पुण्य कमाउने उदेश्य तथा लामो समयदेखिको भ्रमण लाने सपना यसपालिको शिबरात्रीमा पुरा भएको समाजसेवी हरि बिष्णु रेग्मीले बताए ।
यात्रामा खाना, खाजा तथा अन्य खर्च समेत रेग्मी आफैँले ब्यहोरेका थिए । धार्मिक यात्रामा जम्मा ७० हजार बराबरको खर्च भएको समेत समाजसेवी हरि बिष्णु रेग्मीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस