धादिङमा टेलिअफ्थाल्मोलोजी प्रविधिबाट आँखाको उपचार शुरू

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७६ फागुन २९, बिहिबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

फाल्गुण २९, धादिङ । सामुदायिक आँखा केन्द्र धादिङमा टेलिअफ्थाल्मोलोजी प्रविधिबाट बिरामीको उपचार सेवा शुरू भएको छ । यो सेवा शुरू भएपछि धादिङबेसी स्थित सामुदायिक आँखा केन्द्रबाट बिरामीहरुले सोझै तिलगंगा आँखा प्रतिष्ठानको विशेषज्ञसँग उपचार गर्न पाउने भएका छन् । टेलिअफ्थाल्मोलोजी प्रविधि भनेको आँखाको पर्दामा देखिएको समस्या जुन पछाडीबाट सबै फोटो खिच्ने र त्यहि फोटो हेरेर विशेषज्ञले समस्या पत्ता लगाउने प्रविधि हो ।

केन्द्रका प्रमुख रामसिंह तामाङका अनुसार आँखामा विभिन्न किसिमका रोगहरु लाग्ने गर्दछन् । त्यसमध्ये आँखाको पछिल्लो भागमा लाग्ने रोगहरुको पहिचान गर्न जिल्लामा न दक्ष जनशक्ति छ, न त उपकरण नै यसअघि आँखामा यस्ता समस्या देखिँदा रोग पत्ता लगाउन काठमाडौं जानुपर्ने बाध्यता थियो । तर, अब भने फन्ड्स क्यामेरा प्रयोगमार्फत तिलगंगा आँखा प्रतिष्ठानको
टेलिअफ्थाल्मोलोजी शाखामा रहेका आँखारोग विशेषज्ञसँग प्रत्यक्ष कुराकानी गरेर बिरामीको रोग के होरु त्यो रोगलाई तत्काल गर्नुपर्ने उपचार के हो ? पत्ता लगाएर उपचार गर्न सकिएको तामाङले बताए। टेलिअफ्थाल्मोलोजी प्रविधि अन्य मूलुकमा प्रयोग भएको केहि वर्ष भएपनि नेपालमा यो नयाँ प्रविधि हो। यो प्रविधि टेलिमेडिसिन प्रविधिकै एक अंग हो । विकट स्वास्थ्य संस्थामा आएका बिरामीको रिपोर्ट सिधै सुविधा सम्पन्न अस्पतालबाट विशेषज्ञले हेर्ने प्रविधिभन्दा टेलिअफ्थाल्मोलोजी अलिक प्रभावकारी प्रविधि भएको तामाङ बताउँछन् । यो विधिबाट बिरामीहरुले प्रत्यक्ष डाक्टरसँग कुराकानी गरी आफ्नो समस्या बताउन सक्छन्। यो प्रविधि तिलगंगा आँखा प्रतिष्ठानले धादिङ र नुवाकोट जिल्लामा पहिलो पटक सञ्चालनमा ल्याएको तिलगंगा आँखा प्रतिष्ठानका परियोजना व्यवस्थापक डा।मोहनकृष्ण श्रेष्ठले जानाकारी दिए । पछिल्लो समयमा आँखासम्बन्धी नसर्ने रोगहरु बढिरहेको चिकित्सकहरू बताउँछन्‌ । जसअन्तर्गत मधुमेह र रक्तचाप जस्ता स्वास्थ्य समस्या हुनेहरूको आँखाको पर्दामा तुरुन्त असर पर्ने गर्छ । यस्ता रोगहरुलाई समयमा पहिचान गर्नसके रोकथाम गर्न सकिने विशेषज्ञहरु बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस