चैत्र २१, काठमाण्डौ । नेपालमा कोरोनाका सातौं संक्रमित फेला परेको भन्ने हल्ला मात्रै भएको स्वास्थ मन्त्रालयले जनाएको छ ।
कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको भन्ने डाटा गण्डकी प्रदेश सरकारले राखेपछि सबैले त्यसको आधारमा खबर सम्प्रेषण गरेका थिए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले भनेको थियो ।