संविधान संशोधन विधेयक पारित भएको खुशीयालीमा कलंकीमा दीप प्रज्वलन

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७७ अषाढ १, सोमबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सासहितको संविधान संशोधन विधेयक पारित भएको खुशीयालीमा काठमाडौँ महानगरपालिका वडा नम्बर १४ कलंकीमा मा दीप प्रज्वलन गरिएको छ । प्रतिनिधिसभाको शनिबार बसेको बैठकले निशान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुशियाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक दुई तिहाइ भन्दा बढी मतले पारित भएपछि खुशियाली मनाइएको हो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा प्रयोग गर्ने सम्बन्धि विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको छ ।प्रतिनिधिसभाको बैठकमा उपस्थित २ सय ५८ जना सांसदहरुले संविधान संशोधन विधेयकको पक्षमा मतदान गरेका थिए ।

दिपावली कार्यक्रममा कामनपा १४ न वडा अध्यक्ष शोभा सापकोटा, ने क पा का नेता श्यामराजा पाण्डे लगायत स्थानीय युवाहरुको उपस्तिथि थियो। यस अवसरमा युवाहरुले आपसमा सुभकामना तथा बधाई साटासाट गरेका थिए। काठमाडौको कलंकी चोकमा नयाँ नेपालको नक्सा बनाएर हर्सोल्लसका साथ दीप प्रज्वलन गरिएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस