साउन १८, काठमाडौ । नवगठित नेपाली काँग्रेस वी पीले काठमाडौ क्षेत्र नम्बर ९ कलंकीमा आफ्नो क्षेत्रीय कार्यलय स्थापना तथा २०० जना युवाहरुलाई पार्टी प्रवेश गराएको छ । क्षेत्र नम्बर ९ का सभापति प्रभाकर महर्जनको सभापतित्व प्रमुख अतिथि नेपाली काँग्रेस वीपी का केन्द्रिय सभापति हरिबोल भट्टराई अतिथिहरु पार्टी महामन्त्री तथा पुर्व मन्त्री सुशीलमान सेरचन महामन्त्री पुष्पराज पराजुली सह महामन्त्री तथा प्रवक्ता देवेन्द्र प्रकाश पौडेल पार्टीका नेता भातृ संघ तथा सुभेक्षुक संघका प्रमुख तथा पदाधिकारीहरु रहेका थिए ।
मन्तव्यहरु प्रमुख अतिथि पार्टी सभापति भट्टराई
सत्ताको लागि विदेशी सित लम्पसार पर्नु राष्ट्रियताको लागि अहित, नेकपा र ने का एकै सिक्काका दुई पाटा हुन, कोरोनाको नाममा भएको भ्रष्टाचारमा ने का को समेत मिलिमतो छ , गाँस बाँस कपास स्वास्थ शिक्षाको सरकारले जिम्मा लिग्नु पर्छ, पत्रकारहरुको कलम बन्द गर्ने गरि आएको विधेयक सरकारको तानाशाही प्रवृत्ति हो , इन अफ इनको युवाहरुको मागमा आफ्नो पार्टीको पुर्ण समर्थन रहेको बताउनु भयो, अहिले राजनीतिमा नैतिकता हराएको छ । राजनीतिलाई नैतिकवान बनाउन ने का ९वि पि० को जन्म भएको बताउनु भयो, वि पि कोइराला जस्तो प्रजातान्त्रिक नेताको अनुरागी पार्टीले गणतन्त्र संघियता धर्म निरपेक्षतामा जादा प्रजातान्त्रिक प्रक्रिया नपनाएकोले ने का ९वि पि० को जन्म भएको हो । ने का लाई वि पि कृष्ण प्रसाद भट्टराई गणेशमान सिंह लगाएत नेताहरूको फोटो र आफुलाई प्रजातान्त्रिक पार्टी भन्ने अधिकार छैन ।
महामन्त्री तथा पुर्व मन्त्री सुशीलमान सेरचन
सरकारले कोरोनाको नाममा १० अर्ब खर्छ देखाए पनि फ्रन्ड लाइनमा खटिने स्वास्थ कर्मी पत्रकार सुरक्षा कर्मिलाई पिसिई सेनेटाइजर समेत उपलब्ध गराउन नसक्ने नागरिकको पिसिआर समेतमा तिव्रता दिन नसक्ने सरकारले १० अर्वको हिसाब सार्वजनिक गर्न माग गरे, सरकारले विद्युत नेपाल टेलिकम र पेट्रोलियम पदार्थमा विभिन्न शिर्षकमा लगाएको कर छुट दिई नागरिकलाई शुलभ दरमा सेवा दिनुपर्ने माग, सरकार र प्रतीपक्ष दल भ्रष्टाचारमा लिप्त भएको भन्दै पाटन कृष्ण मन्दिर र भक्तपुरमा कोणसभा गरे पछि काठमाडौमा मसाल जूलूस र माइतीघरमा विशाल विरोध सभा गरि जिल्ला जिल्ला पुग्ने र राष्ट्रिय आन्दोलनको घोषणा गर्ने बताए ।