सेयर बजारमा पहिरो : नेप्से अस्वाभाविक अंकले घट्यो !

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७७ माघ १८, आईतबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ १८, काठमाण्डौ । साताको पहिलो दिन सेयर बजारको सूचक नेप्से अस्वाभाविक अंकले घटेको छ । झण्डै डेढ महिनापछि आज नेप्से परिसूचक ५४।७५ ले घटेर २३७०।५४ मा झरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् गर्नुभएको संसद विघटनको दिन पुस ५ गतेपछि सेयर बजार ह्वात्तै घटेको यो पहिलो चोटी हो । पुसको पहिलो साताबाट बढ्दै गएको नेप्से सूचक गत बुधबार हालसम्मकै उच्च अंक २४४१।८५ पुगेको थियो ।

कारोबारको हिसाबले आज पनि झण्डै नौ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ । गत बिहीबार हालसम्मकै सर्वाधिक उच्च ९ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको थियो भने आज ८ अर्ब ९७ करोडभन्दा बढीको कारोबार भएको छ । राजनीतिक अस्थिरताको बीचमा बढेको सेयर बजारमा कुनै कारण नभएझैँ आज घट्नुमा पनि कुनै कारण वा तत्वको भूमिका नरहेको बताइन्छ । आज नेप्सेमा देखिएको गिरावटलाई सुख्खा मौसममा गएको पहिरोसँग तुलना गरिएको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस