फागुण ११, काठमाडौ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषदको बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाका विषयमा छलफल भएको छ । नियमित बैठकको संज्ञा दिइएपनि प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिट उपरको वहस सकिएको र केही दिनभित्रै सर्वोच्चले फैसला सुनाउने तयारी गरिरहँदा त्यसबाट उत्पन्न हुने परिस्थितिका विषयमा पनि बैठकमा छलफल भएको स्रोतले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पछिल्लो अवस्थाका विषयमा भनाइ राखेका थिए । पुस पाँच गते प्रतिनिधिसभा विघटन भएसँगै त्यस उपर परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाई सकिएको छ । सर्वोच्चले केही दिनभित्रै प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथिको फैशला सुनाउँदै छ ।