चन्द्रागिरि नगरमा सार्वजनिक सेवा प्रवाह व्यवस्थापन शाखा सन्चालन

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७७ फागुन १४, शुक्रबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुण १४, काठमाण्डौ । काठमाण्डौ चन्द्रागिरि नगरपालिका प्रमुखको सचिवालय अन्तर्गत सार्वजनिक सेवा प्रवाह व्यवस्थापन शाखा सन्चालन गरिएको छ । स्थानिय सरकार सन्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ देहाय क को ११ बमोजिम उक्त शाखा स्थापना भएको हो ।

नगरपालिका अन्तर्गत कुनै पनि किसिमको गुनासो, समस्या, अनियमितता, सेवा प्रवाहमा ढिला सुस्ती वा अन्य किसिमको जानकारीको लागि नगरवासीलाई सहजीकरण र सहयोग प्रदान गर्न उक्त शाखा सन्चालनमा आएको नगर प्रमुख घा श्याम गिरीले जानकारी दिए । यस सेवामा सम्पर्क गर्न नगरपालिकाले फोन नम्बरहरु पनि उपलब्ध गराएको छ ।

१ टेलिफोन नम्बरहरू ०१४३१२७६५ दिनको ११ बजेदेखि दिनको १ बजेसम्म
०१४३१०६९० दिनको ११ बजेदेखि दिनको ३ बजेसम्म

२ इमेल : [email protected]

३ गुनासो पेटिका : नगरपालिकाको कार्यालयमा रहेको नगरप्रमुखको सचिवालयमा राखिएको गुनासो पेटिका

४ फ़ेसबुक,ट्वीटर : नगरप्रमुख घनश्याम गिरीको निजी सचिवालय चन्द्रागिरि नगरपालिका काठमाडौं

५ हेलो मेयर ; नगर प्रमुखसँग प्रत्यक्ष टेलिफोन वार्ता

६ नगरपालिकाको कार्यालयको ‘बी’ ब्लकमा रहेको यस शाखामा प्रत्यक्ष उपस्थिति

ताजा अपडेट

खोजी गर्नुहोस