कोरियामा औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ फागुन २८, शुक्रबार (४ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

फागुन २८ काठमाडौँ । दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु भएको छ ।

बाग्लुङ गलकोट नगरपालिका ११ घर भएका र अहिले कोरियाको थेगु सहरमा राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परि गएको सोमवार ज्यान गएको हो ।

घटनालाई नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गरे । दुई वर्षअघि कोरिया आएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमवार साँझ करिब ६ बजे लडेका थिए । लडेपछि बेहोस भएका उनलाई नजिककै अस्पताल पुर्याइएको थियो । अस्पताल पुग्नासाथ उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

अहिले उनको शवलाई कोरियाली प्रहरीले स्थानीय अस्पतालमा राखेको छ । मृतकका परिवारलाई खबर गरिएको नेपाल मगर सङ्घका अध्यक्ष पुनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस