चैत्र ४, काठमाण्डौ । सर्वोत्तम सिमेन्टले आइपिओ साधारण सेयर बिक्रीका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त भएको छ । कम्पनीले काठमाडौँमा एक कार्यक्रमका बीच ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । साथै कम्पनीले प्रभु क्यापिटल र एनआइबिएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सम्झौतापछिको पत्रकार सम्मेलनमा कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत ६० लाख कित्ताबराबरको आइपिओ बिक्री गर्न लागेको बताएको छ । हाल कम्पनीको ३ अर्ब ४० करोड रुपियाँ चुक्ता पुँजी छ । बुक बिल्डिङ विधिमार्फत बिक्री हुने आइपिओको न्यूनतम मूल्य ७५० रुपैयाँ तय गरिने कम्पनीले जनाएको छ ।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङको माध्यमबाट आइपिओ जारी गर्ने तयारी गरेको छ । नेपालमा बुक बिल्डिङको माध्यमबाट आइपिओ जारी गर्ने सर्वोत्तम सिमेन्ट पहिलो कम्पनी बन्नेछ ।