सरकारले लगायो १० प्रकारका विलासी वस्तु आयातमा रोक

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ बैशाख १४, बुधबार (२ साल अघि)
  • ३८ पटक पढिएको
Post Thumbnail

बैशाख १४, काठमाडौँ । उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि सरकारले आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार राजपत्रमा सूचना निकालेर विभिन्न १० प्रकारका विलासी उपभोग्य बस्तु आयातमा रोक लगाइएको हो ।

मन्त्रालयका अनुसार आउँदो असार मसान्तसम्मका लागि मोबाइल सेट, ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन र २५० सीसीभन्दा बढी क्षमता भएका मोटरसाइकल ल्याउन रोक लगाइएको छ । यस्तै एम्बुलेन्स र शववाहन प्रयोजनका लागि बाहेक जीप, कार र भ्यान तथा सबै प्रकारका खेलौना र तास पनि नेपाल भित्र्याउन पाइँदैन ।

यस्तै सबै कुरकुरे, कुरमुरे, लेज र यस्तै प्रकारका उत्पादनहरु आयातमा रोक लगाएको छ । कच्चा पदार्थबाहेक सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु र हिराको आयातमा पनि असार मसान्तसम्म रोक लगाइएको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

आयातमा बन्देज लगाइएका सामान कूटनीतिक नियोगले आफ्नो प्रयोजनका लागि आफैंले ल्याउन भने बाधा नपर्ने सूचनामा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस