पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७९ अषाढ २१, मंगलबार (२ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार २१, काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ९४४ आरटी पीसीआर परीक्षण गर्दा ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै, एक हजार १६८ एन्टिजेन परीक्षण गर्दा १७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

कुल तीन हजार ११२ जनामा परीक्षण गर्दा ९० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २० जना सङ्क्रमण मुक्त भएका छन् । अहिले देशभर ४०१ जना सक्रिय सङ्क्रमित छन् । २४ घण्टामा एक लाख ११ हजार ५३१ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस