बेलकोटगढीको शहरीकरणमा सहयोग गर्न मन्त्री चौधरीलाई आग्रह

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७९ श्रावण ४, बुधबार (२ साल अघि)
  • ४० पटक पढिएको
Post Thumbnail

साउन ४,काठमाडौँ । नुवाकोटका जनप्रतिनिधिले शहरी विकास मन्त्री मेटमणी चौधरीलाई भेटेका छन् । नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित हितमान तामाङ,बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङ, बेलकोटगढी नगरपालिका प्रमुख जगत बहादुर गुरुङ,ककनी गाँउपालिका प्रमुख सुमन तामाङ ककनी गाँउपालिका वडा नम्बर ३ का अध्यक्ष घननाथ बजगाई लगायतको उपस्थिती रहेको थियो ।

सो क्रममा सांसद तामाङले नुवाकोटको विकासको लागि मन्त्रालयबाट आवश्यक सहयोगको अपेक्षा राखेका थिए । यता उपसभामुख तामाङले काठमाडौँको फोहोर व्यवस्थापनमा ककनीको पनि महत्वुपर्ण भुमिका रहेकोले विगतमा गरिएको सम्झौता कार्यान्वनलाई जोड दिन आग्रह गरिन् । जवाफमा मन्त्री चौधरीले सबैसंग सहकार्य गरेर अघि बढ्ने बताउदै अब नयाँ ढंगले काम हुने बताएका थिए । यता बेलकोटगढी नगरपालिका प्रमुख गुरुङले आफ्नो पालिका नगर भएपनि जम्मा ८ किमि सडक कालोपत्र भएको र नगरको संरचना नै बन्न नसकेको भन्दै शहरी विकासले बेलकोटगढीलाई शहरीकरणमा बिशेष ख्याल राख्नपर्ने बताएका थिए ।

गुरुङले पुर्वाधार विकासमा मन्त्रालयको सहयोग मागेका छन् । उनले बन्चरे र सिसडोलको समस्या ककनी र धुनिवेशीको मात्रै नभई बेलकोटगढीको पनि समस्या भएको बताए । उनले फोहोर व्यवस्थापनका क्रममा हुने विविध छलफल र सम्झौतामा बेलकोट विगतदेखि नै छुटेको भन्दै अब यस्तो विभेदको अन्त्य हुनपर्ने बताए । छलफलको क्रममा ककनी गाँउपालिका प्रमुख तामाङले बन्चरेको सवालमा सम्झौता गरेर ककनीलाई पाखामा पारिएको गुनासो गरे । उनले पहिले २ वटा पालिका धुनिवेशी र ककनीलाई बराबरी बजेट दिने सहमती कार्यान्वय हुनपर्ने बताएका थिए । अध्यक्ष तामाङले पालिका स्तरमा विभेद गरिए फेरि जनता सडकमा आउनसक्ने विषयलाई ध्यानाकर्षण भएकाृे जानकारी गराए । तामाङलाई जवाफ दिँदै मन्त्री चौधरीले बन्चरेको सवालमा मन्त्रालयले गम्भिर किसिमले योजना बनाईरहेको बताएका थिए । उनले फोहोर व्यवस्थापनमा सबै एक हुनुको विकल्प नभएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस