नगर विकास कोषको आयोजनामा एक दिने गोष्ठी सम्पन्न

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७९ पौष १९, मंगलबार (२ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

पौष १९, काठमाण्डौँ । नगर विकास कोषको आयोजनामा एक दिने गोष्ठी सम्पन्न भएको छ । खानेपानी तथा सरसफाइ आयोजनामा बिमाको आवश्यकता सम्बन्धि कार्यशाला गोष्ठी होटल यलो प्यागोडामा सम्पन्न भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रघुराम बिष्टले खानेपानी आयोजनाको क्षति न्यूनीकरण र सुरक्षाको लागी बिमाको आवश्यकता औल्याएका थिए । उनले नगर विकासले खानेपानीको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको बताउदै स्रोत परिचालन गर्दै खानेपानीको दिगोपनको लागि काम गरेको बताए ।

शहरी विकास मन्त्रालयका सचिव एवं नगर विकास कोषका अध्यक्ष सुरेश आचार्यले शहरीकरणको लागी नगर विकास कोषले काम गरिरहेको बताए । उनले गोष्ठीले खानेपानीको क्षेत्रमा काम गरिरहेका उपभोक्ता समितिलाई थप उत्साह आउने बताए । उनले प्राकृतिक बिपत्तिमा हुने क्षतिपुर्ती गर्न बिमाले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।

उनले आयोजनाहरु सन्चालन गरिरहदा बिमाको काम गरिरहेपनी ठुला बिपत्ति खानेपानी आयोजनाले भोगिरहेको बताउदै मेलम्ची आयोजना त्यसको उदाहरण रहेको बताए । खानेपानी गुणस्तर मापदण्डमा गम्भीर हुनुपर्ने उनको जोड थियो । क्षेत्रगत रुपमा खानेपानी आयोजनाको बिमाका बारेमा पनि छलफल आवश्यक रहेको बताए । गोष्ठीपश्चात् उपभोक्ता समितिले गरिरहेको बिमाबारे अनुगमन गर्न आफू र कार्यकारी निर्देशक आउने समेत आचार्यले बताए ।

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले केहि सस्थाहरुको व्यवसायिक कार्ययोजना बनाउने बताए । खानेपानी तथा ढल व्यवस्थापन विभागका उप महानिर्देशक माधव अधिकारीले गोष्ठीले आयोजनामा बिमाको महत्त्व रहेको बताए । आयोजनालाई चाहिने बिमा निति कस्तो हुनुपर्ने भन्ने सवालमा छलफल जरुरी रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस